Sunday, March 27, 2016

अमेरिकामा ८०औं वासु शशी जयन्ति मनाइयो

IMG_2005

२६ मार्च, वाशिंटन डिसी,

नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशीको ८०औं जन्म जयन्ती अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा मनाईयो ।
सो अवसरमा नेपाली दूतावासका इकोनामिक काउन्सिलर कैलाश राज पोखरेलले प्रमुख अतिथिको आसनवाट वोल्दै साहित्यकार वासु शशीको जन्म जयन्तीका अवसरमा आफू सँलग्न हुन पाएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै वासु शशीको चिनारी नयाँ पुस्तालाई दिन तथा उहाँको योगदान प्रकाश पार्न कार्यक्रम सफल भएको वताउनु भयो ।
वासु शशीको तस्वीरमा फूलमाला अर्पण गरी शुरु गरिएको सो समारोहमा वासु शशीको जीवनको अन्तिम २ वर्ष उहाँको लेखन कर्ममा सहयोग पु¥याउने साहित्यकार शिव लामिछानेले अन्तरँग संस्मरण तथा वासु शशीमाथि रचना गर्नु भएको कविता वाचन समेत गर्नु भएको थियो ।

DSC06587
समारोहमा साहित्यकार कृष्ण धरावासीले वासु शशीको रचनाकर्म र रचनाहरुको वारेमा प्रकाश पार्नु भएको थियो भने साहित्यकार सीता पाण्डे, डि वी तामाँग, वसुधा नेपालले मन्तव्यसहित वासु शशीको कविता वाचन गर्नु भएको थियो ।

DSC06589
सो अवसरमा साहित्यकार कविताराम श्रेष्ठ तथा कवि गीतकार ज्ञानेन्द्र गदाललाई वासु शशी स्मृति सम्मान प्रदान गरिएको थियो ।
सम्मान ग्रहण पश्चात् साहित्यकार तथा अस्वीकृत साहित्य आन्दोलनका अगुवा तथा अस्वीकृत साहित्य पुरस्कारका संस्थापक कविताराम श्रेष्ठले सम्मान प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै वासु शशीसँगका साहित्यिक सँगत र सहकर्मका रोचक प्रसँगहरु प्रस्तुत गर्नु भएको थियो । कवि गीतकार तथा अनेसासका पूर्व केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले साहित्यकार वासु शशीको योगदानको चर्चा गर्दै आधुनिक साहित्यकारको जन्म जयन्ती मनाउने परम्पराको शुरुवात गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सो अवसरमा खसखस डटकमका सञ्चालक वासु श्रेष्ठले अमेरिका नेपाल साहित्य प्रतिष्ठानको उद्घाटनका अवसरमा आफूले यो प्रतिष्ठानले नयाँ खालको कार्यक्रम गरोस् भनेर शुभकामना दिएको र आजको यो कार्यक्रम यस्तै फरक खालको भएको आफूले पाएको भन्दै प्रतिष्ठानलाई धन्यवाद दिनुभयो ।

DSC06571
कार्यक्रमको शुरुमा स्वागत मन्तव्य प्रस्तुत गर्दै साहित्यकार तथा अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष गोविन्द गिरी प्रेरणाले साहित्यकार वासु शशीसँगका अन्तरँग सँगतको चर्चा गर्दै प्रतिष्ठानले फरक खालका साहित्यिक गतिविधि गर्दै जाने वताउनु भयो । उहाँले वासु शशी स्मृति परिषदका संरक्षिका तथा वासु शशीकी धर्मपत्नी जुलुम वैद्य तथा परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भएको थियो ।
वासु शशीकै निवास क्षेत्रमा आफ्नो निवास भएका दोवा ढकालले वासु शशीको जीवनीको शव्द चित्र तथा कविता प्रस्तुत गर्दै अत्यन्त रोचक ढँगले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
कार्यक्रमको सम्झना रहिरहोस् भन्ने खातिर सो अवसरमा उपस्थित सवैलाई सम्झना पत्र समेत प्रदान गरिएको थियो ।

DSC06569

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts