Tuesday, March 22, 2016

गौडा माविका विद्यार्थीसँग राजकुमार

लेउरानी (लम्जुङ), ९ चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ह्यारीले आज लमजुङको देउरालीबाट डेढ घन्टा पदयात्रा गरी ओखरे आइपुग्नुभएको छ ।

आफ्नै घर आँगनमा आइपुगेका ह्यारीलाई स्थानीयवासीले गुरुङ र तामाङ नाचले स्वागत गरेका थिए । राजकुमार ह्यारीले गौडा मावि ओखरेका विद्यार्थीसँग भलिबल खेल्दै हुनुहुन्छ । उहाँलाई प्रमुख जिल्ला अधिकारी ज्ञानमणि नेपालले स्वागत गर्नुभयो ।

राजकुमार ह्यारीले वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पु¥याएका गौडा माविको अवलोकन गर्नुभयो । गोरखा कल्याणकारी योजनाले यस क्षेत्रमा भत्किएका संरचनाको पुनःनिर्माण गर्दैछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...