Tuesday, March 22, 2016

उपत्यकामा होली मनाइदै

holiकाठमाडौँ, ९ चैत । रङको पर्व होली आज बिहानैदेखि काठमाडौँका स्थानीयवासीले आफ्ना नजिकका आफन्तसँग विभिन्न रङ खेलेर मनाउन थालेका छन् ।

यसपटक विगत वर्षको तुलनामा अनुशासित देखिएको होली आफ्ना परिचितबीचमा मात्रै खेल्ने दृश्य बढी देखिएको छ । उपत्यकाका महत्वपूर्ण चोकमा ट्राफिक प्रहरीले सवारी जाँच कडा पारेको छ भने हुनसक्ने अवाञ्छित गतिविधिलाई निगरानी गरेको देखिन्छ ।

यस वर्ष होलीको उत्साह विगत वर्षको तुलनामा केही कमी आएको देखिएको छ । युवापुस्ताले केही रमाइलो गरेको देखिए तापनि आमजनतामा रौनकता छैन ।

उपत्यकामा सवारीसाधनको उपस्थिति पातलो छ । उता भृकुटीमण्डमा विभिन्न सङ्घसंस्थाको आयोजनामा होलीको विशेष कार्यक्रम गरेर मनाउन लागिको छ । अन्य स्थानमा सामाजिक सङ्घ संस्था तथा समूहगतरुपमा होली मनाउने क्रम सुरु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...