Monday, March 28, 2016

अत्यधिक रक्सी सेवनबाट मृत्यु

गौशाला, १५ चैत । महोत्तरीको जलेश्वर–५ मा आज बिहान अत्यधिक रक्सी सेवनबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको डाम्हीमडै गाविस–६ घर भई जलेश्वर नगरपालिका–५ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय नरेश यादव रहेको जिल्ला प्र्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सधैँ अत्यधिक रक्सी खाने गरेका यादव गए राति जलेश्वर–५ स्थित जालिम साहको घरमा रहेको आफ्नो डेरामा पत्नीसँगै सुतेकोमा आज बिहान उनी आफ्नै ओछ्यानमा मृत फेला परेको प्र्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

यादवका पत्नी ३० वर्षीया रेणु देवीका अनुसार उनी अबेर राति अत्यधिक रक्सी सेवन गरी आएर सुतेका थिए भने आज बिहान उनी अबेरसम्म नउठ्दा उनलाई उठाउन जाँदा उनी मृत फेला परेका हुन् ।
दुई पत्नी रहेका यादव गत वैशाख १२ को भूकम्पपछि जेठी पत्नी र चार छोराछोरीलाई गाउँमा छाडेर कान्छी पत्नी रेणुसित जलेश्वरमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीले उनको अत्यधिक रक्सी सेवनकै कारण मृत्यु भएको हुनसक्ने प्र्रारम्भिक अनुमान गरेका छन् भने मृत्युबारे स्पष्ट बुझ्न प्रहरीले मृतक यादवको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाउने तयारी गरिरहेको प्र्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...