Monday, March 28, 2016

सबै दल मिल्नुको विकल्प छैन: मन्त्री खरेल

Agni-Kharelउर्लाबारी (मोरङ), १५ चैत । कानुनमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको वताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उहाँको भनाइ छ । मोरङको विराटनगर विमानस्थलमा आज बिहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक रहेको बताउनुभयो ।

निकै लामो समयदेखि सम्झौता हुन नसकेका विषयमा सहमति भएको उहाँको भनाइ थियो । विगत लामो समयदेखि हुन नसकेको पारवहन सन्धि, व्यापार सम्झौता, पर्यटन, भौतिक पूर्वाधारका विषयमा सम्झौता भएको उहाँले बताउनुभयो ।

कानुनमन्त्री खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलब्धिमूलक भएको दाबी गर्नुभयो ।

मन्त्री खरेलले मधेसवादी दलले फेरि आन्दोलनको कुरा गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले मधेसवादी दलका माग पूरा हुँदै गएकाले आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...