Monday, March 28, 2016

सम्पादक खरेललाई जरिवाना

पथरी (मोरङ), १५ चैत । विराटनगरबाट प्रकाशित हुने न्यु सृष्टि दैनिकका प्रकाशक तथा प्रधानसम्पादक शङ्कर खरेललाई मोरङ जिल्ला अदालतले रु २०० जरिवाना गर्ने फैसला गरेको छ ।

समाचार तथा लेखमार्फत खरेलले आफ्नो अपमान गरेको भन्दै मोरङ व्यापार सङ्घ विराटनगरका कार्यकारी सचिव राधारमण भण्डारी श्यामले मोरङ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको थियो ।

उक्त मुद्दामा आइतबार अदालतले खरेललाई रु २०० जरिवाना र रु पाँच हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो ।

जिल्ला अदालतको फैसला विषयमा खरेलले आफूलाई निर्णयको जानकारी आइनसकेको प्रतिक्रिया दिँदै अदालतको फैसलाको सम्मान गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...