Monday, March 28, 2016

चितुवाको आक्रमणबाट सात घाइते

कावासोती, १५ चैत । चितवन राष्ट्रिय निकुञ्जबाट सीतापुरमा निस्केको चितुवाको आक्रमण परी नेपाली सेनाका जवानसहित सातजना घाइते भएका छन् ।

आक्रमणबाट सेनाको भैरवी दल गण सेहरीका जवान कृष्ण थापा क्षेत्रीे, मध्यविन्दु नगरपालिका–२ सीतापुरका शुक्रराम घर्ती र टेकवहादुर थनेत, मध्यविन्दु नगरपालिका–४ लुशलहरीका दिवाकर महतो, कर्णबहादुर महतो, वुद्धवहादुर गिरी र केवलप्रसाद चौधरी घाइते भएका हुन् ।

आइतबार निकुञ्जबाट गाउँ पसेको चितुवाले केराबारीमा काम गरिरहेका स्थानीयलाई आक्रमण गरेको थियो । घाइते सातैजनाको अहिले मध्यविन्दु सामुदायिक स्मृति अस्पताल डण्डामा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...