Monday, March 28, 2016

तेस्रो राष्ट्रिय महिला भलिबल सुरु

volleyballकाठमाडौँ, १५ चैत । ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ आजदेखि सुरु भएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हल्चोकमा आजै एक कार्यक्रमबीच सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले रेफ्रीलाई बल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा भएको यो प्रतियोगितामा नेपाल एपिएफ क्लबसहित नेपाल पुलिस क्लब, ढोरपाटन स्पोट्र्स टे«निङ सेन्टर, पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी पाँच टोलीले भाग लिएका छन् ।

विसं २०७० देखि सञ्चालन भइरहेको प्रतियोगिताको कुल पुरस्कार राशि रु चार लाख ५५ हजार तथा ट्रफी र पदक रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु दुई लाख ५० हजार, द्वितीयलाई रु एक लाख २५ हजार र तृतीयलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनुका साथै उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैबीच, आजै सशस्त्र प्रधान कार्यालयस्थित एपिएफ भलिबल कोर्टमा भएका एपिएफ र पश्चिमाञ्चलबीच भएको खेलमा नेपाल एपिएफ क्बल विजयी भएको छ । त्यसैगरी, अर्को खेलमा पुलिसले ढोरपाटनलाई पराजित गरेको छ ।

भलिबलसँगै देशको समग्र खेलकुद क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...