इलाम, २५ फागुन । सामान्य प्रशासनमन्त्री रेखा शर्माले अवसर आएमा महिलाले पनि मुलुकको नेतृत्व लिन सक्ने बताउनुभएको छ ।
अन्तरपार्टी महिला सञ्जालले १०६ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज इलाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अवसर पाउने हो भने महिलाले पनि नेतृत्व लिनसक्ने गतिलो उदाहरण अहिले मुलुकमा देखिएको बताउनुभयो ।
उहाँले स्थानीय निकायमा अध्यक्ष वा उपाध्यक्ष दुईमध्ये एक महिला, जिल्लामा पनि त्यत्तिनै सङ्ख्यामा महिला प्रतिनिधित्व सुनिश्चित गर्न पहल भइरहेको बताउनुभयो ।
निजामती सेवामा महिलाको उपस्थिति ज्यादै न्यून रहेको बताउँदै उहाँले उनीहरुको उपस्थिति बढाउन मन्त्रालयले विशेष किसिमको व्यवस्था गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका सातजना महिलालाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment