Tuesday, March 8, 2016

प्रहरीलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

volleyballकाठमाडौँ, २५ फागुन । न्यु डायमन्ड एकेडेमीले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै मदन–पासाङ स्मृति प्रथम राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल चरणमा प्रवेश गरेको छ ।

नैकापस्थित न्यु डायमन्ड स्कुलको खेल मैदानमा आज भएको सेमिफाइनलमा न्यु डायमन्डले प्रहरीलाई ५–२ को सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । प्रहरीले खेलको पहिलो र दोस्रो सेट क्रमशः २५–२३, र २५–२० जित हासिल गरे तापनि त्यसपछिको खेल भने न्यु डायमन्डको आफ्नो पक्षमा पा¥यो ।

न्यु डायमन्डले प्रहरीमाथि तेस्रो २५–२२, चौँथो २५–२२ र पाँचाँै तथा अन्तिम सेट १५–११ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेता टोलीले रु ५० हजारसहित मेडल, ट्रफी पाउनेछ भने उपविजेताले रु ३५ हजार प्राप्त गर्नेछ । त्यसैगरी तेस्रोले रु २५ हजार र चाँैथो हुने टोलीले रु १० हजार पुरस्कार पाउनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...