Sunday, March 6, 2016

देउवा ११ मतले सभापति बन्न चुके ,दोश्रो चरणको चुनाबमा होमिनु पर्ने

sher-bahadur-deuba_new

पूर्व प्रधान मन्त्रि तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा दलको सभापतिको निर्वाचनमा प्रथम स्थान हासिल गरेका छन् l उनले कुल खसेको मत बाट १ हजार ५ सय ६४ मत पाए तर, ११ मत नपुग्दा सभापति बन्न चुकेका छन् । अब दोस्रो चरणको चुनावमा जानु पर्ने भएको छ l

दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ l मतदानमा ३ हजार १ सय ४८ मत खसेको थियो । कांग्रेसको विधान अनुसार सभापति बन्न ५१ प्रतिशत बहुमत आउन नसकेपछि बढी मत ल्याउनेहरु विच दोश्रो चरणको निर्वाचन हुन्छ ।

विजयी हुन १ हजार ५ सय ७५ मतको आवस्यक हुन्थ्यो l पौडेलले १ हजार १ सय ५४ मत ल्याएका छन् । कृष्ण सिटौलाले भने ३ सय २४ मत मात्र ल्याएका छन् भने उनि बाहिरिएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...