Wednesday, March 23, 2016

स्थानीय निकायका दुई सङ्घबीच एकताको तयारी

काठमाडौँ, ११ चैत । स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल र नेपाल नगरपालिका कर्मचारी एसोसियसन एकीकृत हुने भएका छन् ।

स्थानीय निकायमा कार्यरत पेसाकर्मीको हक, अधिकार र सेवा सुरक्षालगायत सवालमा एकीकृत र सङ्गठित रुपमा अघि बढ्ने उद्देश्यले एकता गर्न लागिएको हो ती संस्थाले जनाएका छन् । यही चैत २६ गते एकीकरणको घोषणा हुनेछ ।

हरिकुमार श्रेष्ठ र भीमप्रसाद पौडेलको नेतृत्वमा रहेका ती दुवै सङ्गठनका पदाधिकारी सम्मिलित १३ सदस्यीय कार्यदल र पाँच सदस्यीय विधान मस्यौदा समितिले एकताका लागि गृहकार्य गरिरहेकोे संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

कानुनी र प्रक्रियागत तयारी पूरा गरी एकताको महाधिवेशन गर्न केही समय लाग्ने भएकाले सङ्घको यही चैत २५ र २६ गतेका लागि निर्धारित चौथो राष्ट्रिय अधिवेशन हाल स्थगन भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...