चितवन १४ चैत । चितवनमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रले स्थापना गरेको चेपाङ संग्रहालय पर्यटकीय नगरी सौराहामा बिस्तार गरिने भएको छ । केन्द्रको आज सम्पन्न दोश्रो साधारण सभाले केन्द्रमा रहेको संग्रहालयलाई सौराहामा विस्तार गर्ने प्रस्ताब पारित गरेको हो । केन्द्रमा आश्रित चेपाङ वालवालिकाहरुको भरणपोषणको लागि आर्थिक जुटाउन सौराहामा संग्रहालय बिस्तार गर्न लागिएको केन्द्रका अध्यक्ष केपिकरण शर्माले जानकारी दिए । सौराहाको मुख्य बजार नजिक संग्रहालय निर्माण गरेर पर्यटकलाई अबलोक गर्ने व्यवस्था मिलाउने योजना रहेको उनले बताए । संग्रहालय अबलोकन गरेबापत पर्यटकले तिर्ने शुल्क चेपाङ वालवालिकाको भरणपोषणमा खर्च गरिने अध्यक्ष शर्माले बताए । व्यवसायीहरुले हात्ती सफारी,जीप सफारी,डुंगा सयर,थारु संस्कृतिको अबलोकनलाई प्याकेज कार्यक्रम बनाएर पर्यटकलाई सेवा दिदै आएका छन । संग्रहालयमा चेपाङ जातीले प्रयोग गर्ने आदिमकाल
देखिका ५३५ वटा सामाग्रीहरु राखिने छ । संग्रहालयमा चेपाङ जातीले जीविकोपार्जनको लागि प्रयोग गर्ने र धार्मिक तथा साँकृतिक महत्व बोकेका पुरात्तीक समानहरु राखिने भएकाले पर्यटकका लागि आर्कषणको विषय बन्ने अध्यक्ष शर्माले बताए । चेपाङ संग्रहालयलाई पनि व्यवसायीहरुसंग सहकार्य गरेर प्याकेज कार्यक्रमको रुपमा स्थापित गर्ने योजना रहेको अध्यक्ष शर्माले बताए । सौराहामा आउने पर्यटक मध्य ८० प्रतिशतलाई चेपाङ संग्रहालयको अबलोकन गराउने प्रारम्भीक योजना रहेको उनले बताए । साधारण सभाले एसएसपी रमेश खरेललाई केन्द्रको मानार्थ सदस्य र केन्द्रका सल्लाहाकार संयोजक डा.ढुण्डीराज पौडेललाई अक्षय कोष व्यवस्थापन समितिको संयोजक वनाउने निर्णय पारित गरेको छ । कार्यक्रममा केन्द्रका सचिव रमेश चेपाङले आर्थिक तथा कोषाध्यक्ष विमला चेपाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पञ्चतेज ज्योति राप्रावि मंगलपुरका प्रधानाध्यापक रामबहादुर मगर प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रका अध्यक्ष केपिकरणशर्माको अध्यक्षतामा भएको थियो । केन्द्रमा १४१ जना चेपाङ वालवालिका आश्रित छन ।
No comments:
Post a Comment