गत मार्च २६, मार्कर काउन्टी न्युजर्सीमा भएको मार्कर काउन्टी २१ सौ बर्षको कराते प्रतियोगितात्मक प्रतिस्प्रधामा डिसीका उज्ज्वल ठकुरीलाई “रजत पदक प्राप्त ” भएको छ l उनले दोश्रो स्थान हासिलको साथ नेपालको झन्डा फरफराउन सफल भएका छन् l
यस खेलमा जित्नेले विश्व उपाधि फित्ता प्राप्त गर्दछ l ८ वटा राष्ट्रहरुको सह्हगिता रहेको न्युजर्सीमा आयोजना भएको यो निकै महत्वपूर्ण तथा ख्याति प्राप्त प्रतियोगिता मानिन्छ l
यस खेलमा अन्तिम भिडन्तमा ४० देखि ५० को खुला प्रतियोगितामा ठकुरीको प्रतिस्प्रद्धा फिलाडेलफियाका ६ फुट ४ इञ्चका अफ्रिकन अमेरिकियन “शान जोनेस” संग प्रतिस्प्रद्धामा पराजित भई रजत पदत हासिल गर्न सफल भएका हुन् l
ठकुरीले यो खेल जितेको भए विश्व उपाधि प्राप्त गर्ने थिए तर उनि चुकेका छन l ठकुरीले अहिले सम्म ७ स्वर्ण ४ रजत र ४ कास्य जित्न सफल भएका छन् l १० वटा राज्यहरुमा खेल खेलेर अनि खेलबाट पूर्ण बिराम लिने सोचमा रहेका छन् l ठकुरी अमेरिकाको थुप्रै राज्यरुमा नेपालको झन्डा गाड्ने पहिलो खेलाडी बन्ने अवसर प्राप्त गरेका छन् l
No comments:
Post a Comment