Wednesday, March 2, 2016

विमानस्थलमा सिआइबीको छापा

काठमाडौँ, १९ फागुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा आज साँझ छापा मारेको छ ।

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राष्ट्रिय सुरक्षामा खतरा पु¥याउने बस्तु ल्याइएको भन्ने सूचनाका आधारमा छापा मारिएको जानकारी दिनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले दिएको सूचनाका आधारमा विमानस्थलमा छापा मारिएको र खोजतलास गर्ने काम जारी रहेको र पूर्ण विवरण आउन भने बाँकी रहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...