Wednesday, March 2, 2016

सुन र नगद चोरी गर्ने पक्राउ

काँकडभिट्टा (झापा), १९ फागुन । इलामको एक सुन पसलबाट २० तोला सुन र मनि ट्रान्सफरबाट रु चार लाख नगद चोरी गरी फरार रहेका व्यक्तिलाई प्रहरीले आज झापामा पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलाम जिल्ला सोयाङ–१ घर भएका ३१ वर्षीय दया भनिने उदयचन्द्र तामाङ र पाँचथर आङ्सरा–६ बस्ने ३२ वर्षीय टङ्क यादव रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरीले विशेष सुराकीको आधारमा उनीहरुलाई अनारमनीस्थित एक होटलबाट नास्ता खाइरहेको अवस्थामा पक्राउ गरेको हो ।

दुबैजना गत सोमबार इलाम बिब्ल्याटेंस्थित कविता गहना ट्रेडर्सबाट २० तोला सुन र नजिकै रहेको कविता मनि ट्रान्सफरबाट रु चार लाख नगद चोरी गरी फरार भएका थिए ।

चोरी गरिएका सामानमध्ये ११ तोला सुन र रु तीन लाख चार हजार २६० नगद, मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल र चार राउन्ड गोलीसमेत उदयचन्द्र तामाङको घरबाट बरामद गरिएको इप्रकाका प्रहरी नायब निरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...