Tuesday, March 29, 2016

“न्यूयोर्कमा अनेसासद्वारा महिला तथा बालिकाहरुलाई पुरस्कार प्रदान गरीने”

12919277_10208895989587870_378507919_n

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) द्वारा नेपाली भाषा; साहित्य; कला; संस्कृति तथा समाजका अन्य विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने ९ जना महिलाहरुलाई प्रत्येक दुई बर्षमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट ‘अनेसास नवरत्न पुरस्कार’ तथा सात देखि सत्र वर्षसम्मका ७ जना बालिकाको लागि ‘डायस्पोरा बाल प्रतिभापुरस्कार’ प्रदान गरिने भएको छ ।

नौवटा पुरस्कार मध्ये पांचवटा पुरस्कार संयुक्त राज्य अमेरिका र क्यानडा भित्रबाट योगदान पुर्याउनु हुनेहरुलाइ प्रदान गरिनेछ भने चारवटा पुरस्कार विश्वको सबै मुलुकहरुबाट योगदान पुर्याउनु हुनेहरुलाइ प्रदान गरिनेछ ।

हरेक दुई वर्षमा न्यूयोर्कबाट प्रदान गरिने सो पुरस्कारहरु पहिलो पटक आगामी अप्रिल २ ता. शनिवारका दिन न्यूयोर्कको ज्याक्शन हाईट्समा एक कार्यक्रम आयोजना गरी प्रदान गरिने कुरा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष तथा अनेसास ट्रष्टीका वर्तमान उपाध्यक्ष गीता खत्रीले बताउनु भएको छ । साथै नेपाली समुदायका सबैलाई कार्यक्रममा उपस्थितीको लागि हार्दिक निमन्त्रणा समेत गरिएको छ ।

(क) अनेसास नवरत्न पुरस्कार स्थापना गर्ने महानुभावहरुको नामावली:

१)सुनिता शर्मा (अनेसास नवरत्न ज्ञानुदेवी उपाध्याय पुरस्कार)
२)कुन्ति थापा (अनेसास नवरत्न दानबहादुर थापा पुरस्कार)
३)ममता कर्माचार्य (अनेसास नवरत्न उत्तम नेपाली पुरस्कार)
४)शकुन्तला ज्ञवाली (अनेसास नवरत्न धनदेवी पुरस्कार)
५)अनु शाह (अनेसास नवरत्न दया शाह पुरस्कार
६)पुनम काफ्ले (अनेसास नवरत्न पुनम काफ्ले पुरस्कार)
७)दीपा राई पुन (अनेसास नवरत्न विमला चाम्लिङ राई पुरस्कार)
८)लक्ष्मी श्रेष्ठ (अनेसास नवरत्न कृष्ण तथा राजकुमारी श्रेष्ठ पुरस्कार)
९)पदम विश्वकर्मा (अनेसास नवरत्न पदम विश्वकर्मा पुरस्कार )

(ख) अनेसास नवरत्न डायस्पोरा बालप्रतिभा पुरस्कार स्थापना गर्ने महानुभावहरुको नामावली:

१) ममता कर्माचार्य (अनेसास मन्दिरा डायस्पोरा बालप्रतिभा पुरस्कार)
२)महेश्वर पन्त (अनेसास पदिता कालीभक्त डायस्पोरा बालप्रतिभा पुरस्कार)
३)विजया (राजु) सिमखडा (अनेसास भिमप्रसाद हरिमाया डायस्पोरा बालप्रतिभा पुरस्कार
४)शान्ता घिमिरे अधिकारी (अनेसास उमाकान्त चिनुमाया डायस्पोरा बालप्रतिभा पुरस्कार)
५)अनु शाह (अनेसास लालविक्रम डायस्पोरा बालप्रतिभा पुरस्कार)
६)बिमला निरौला (अनेसास शारदादेवी चन्द्रमाया डायस्पोरा बालप्रतिभा पुरस्कार)
७)राजेन्द्र श्रेष्ठ (अनेसास राजेन्द्र इरिना डायस्पोरा बाल प्रतिभा पुरस्कार)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...