Tuesday, March 29, 2016

चैतमा मन उराठ लाग्दो हुन्छ भन्छन , यसैले पो होकी ?

DSC03523-800x600

खोज्छन तार हरु घुमी रिदयमा कहा छ मेरो धन
झुप्रा गोठ र पालि आँगन जहा खेलेर बित्थे दिन

रुन्छु धर धरि छातीमा गहकिलो बोकेर माया सुन
पीडा मात्रिभुको बिछोड विरहले थाल्नेछ मनले छुन

चिसो त्यो जलको प्रपात सुरिलो मुहान बाटै तल
मेट्थ्यो प्यास भरेर औंजुली महा अमृत्सरी कलकल

भारि वृक्ष मुनि बिसाई भरिया आनन्दमा शीतल
छाया सेवन गर्न बस्छ खुसीले शरीर लि कोमल

अर्को आउछ बस्छ खेल्न दुइमा बाघ चालको खेल त्यो
खेल्दै हाक उ दिन्छ बिस्व भरमा ओलाम्पिकी जोडीको

कोदाली र कछाडमा घर अफिस मस्तिस्कमा कम्पुटर
थर्काई पहरा निकाली गहिरो घन्काउने फोन स्वर

चारै तर्फ छ प्राकृतिक सजिलो जीवन्त नै पात्र छन्
मेलापात छ खेति पाती सबमा उद्योग ले व्याप्त झन्

पौडी खेल्न म जान्छु काली दहमा क्लोरिन ले शुन्य छ
के ब्यायाम पर्यो र गर्नु उसले आहार ले पुण्य छ

यस्तो जीवन यो छ निस्छल जहा मेरो छ त्यो मातृभू
सम्झु कत्ति म दांजु बिस्व भरिमा जसमा संधै हुन्छ कु

हे नेताहरु हो ! पबित्र जननी बस्छौ धमिल्याउदै
पन्छाउ सब बिकृति विरहका पक्कै म छु आउदै !!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...