Tuesday, March 29, 2016

” को नेपाली? “भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला

KoNepaliPRCopy

वाशिंगटन डि.सी. गैर सरकारी संस्था कोड फर नेपालले एक महिना अगाडी घोषणा गरेको रु. ७५,००० पुरस्कार राशी ” को नेपाली?” भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला गरेको छ | यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरु सहभागी हुन पाउने छन् |

भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ। यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा “नेपाली हुनु भनेको के हो?” भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ।

प्रतियोगितामा मार्च २७ – अप्रिल २७ २०१६ को समयाबधि भित्र पेश गरिएका भिडियो तथा फोटोहरु स्वीकार गरिने छन् । प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु http://ift.tt/1UATz3j मार्फत संकलन गरिनेछ। प्राप्त भिडियो तथा फोटोहरुको मौलिकता र बिषयबस्तु माथिको पकडको आधारमा छानी कोड फर नेपालको फेसबुकमा राखिने छ |

त्यहाँ राखिएका फोटो र भिडियोहरु “Like” र “Share ” गर्न प्रतियोगीलाई प्रोत्साहन गरिने छ | सबभन्दा बडी “Like ” र “Share ” भएको शीर्ष २० फोटो र भिडियोहरु अन्तिम निर्णयका लागि निर्णायक मण्डलीलाइ पठाइनेछ | निर्णायक बाट आएको अंकको आधारमा प्रतियोगिताको बिजेताहरुको घोषणा गरिने छ | “को नेपाली ?” भिडियो तथा फोटो प्रतियोगिताका लागि मन्जुश्री थापा, लेखक; अनुप काफ्ले, पत्रकार; शिवानी न्यौपाने, लेखक; नयन तारा कक्षपति ,फोटोग्राफर; दिपक रौनियार, चलचित्र निर्देशक र लेक्स लिम्बु, ब्लगरलाइ निर्णायक मण्डलमा छानिएको छ |

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् “विजेताको चयन मौलिकता तथा फोटो वा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” | घिमिरे भन्छन ” हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व र भावलाई महत्व दिनेछौ | यसको उद्देश्य सिकारु नेपाली फोटोग्राफर तथा भिडियोग्राफरलाइ प्रोत्साहन गर्नु नै हो |”

प्रतियोगिताको अन्तिम नतिजा जूनको अन्तिम हप्तामा प्रकासित गरिनेछ|भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २५,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।

घिमिरे भन्छन् “यस प्रतियोगिताले डिजिटल साक्षरताका बारेमा जागरुकता वृद्धि गर्नेछ | साथसाथै, नेपालका विभिन्न पृष्ठभूमिका मानिसहरुबीच, उनीहरुको आफ्नो आफ्नै पहिचान भए पनि, सबै उत्तिकै नेपाली हुन् भन्ने संवाद अभिप्रेरित गर्नेछ |”

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको एउटा 501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि संचार समूह लाई [email protected] मा सम्पर्क गर्नुहोला |

CallforEntries_KoNepali_

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...