Friday, March 25, 2016

कविता महोत्सव चैत १४ गते

pragya

काठमाडौँ, ११ चैत । नेपाल प्रज्ञा प्रतिष्ठानबाट २०२२ सालदेखि प्रत्येक वर्ष असार ९ गते प्रतिष्ठानको वार्षिकोत्सवको उपलक्ष्यमा हुने राष्ट्रिय कविता महोत्सव यस वर्ष यही चैत १४ गते हुँदैछ ।

प्रतिष्ठानको ५८औँ वार्षिकोत्सवको अवसरमा गत वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण आयोजना हुन नसकी स्थगित रहेको महोत्सव चैत १४ गते उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सदस्य–सचिव प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...