Saturday, March 26, 2016

अफगानिस्तानमा तालिवान विरुद्धको कारबाहीमा १७ जना मारिए

afaganistan-1024x722काबुल, १४ चैत । उत्तरी अफगानिस्तानका विभिन्न क्षेत्रमा त्यहाँको सेना र प्रहरीले संयुक्त रुपमा गरेको कारबाहीमा परी शनिबार १७ जनाको ज्यान गएको समाचार ।

अफगानिस्तानको सेना र प्रहरीले संयुक्त रुपमा सुरु गरेको सो कारबाहीका क्रममा मारिने व्यक्तिको सङ्ख्या शनिबार अपरान्ह्सम्ममा १७ पुगेको अधिकारीहरुले जनाएका छन् ।

गृहमन्त्रालयले तालिवान सशस्त्र विद्रोहीबिरुद्ध अफगान सैनिक र प्रहरीले संयुक्तरुपमा गरेको कारबाहीमा परी १७ जना तालिवान लडाकू मारिएको जनाएको छ ।

अफगान गृह मन्त्रालयद्धारा शनिबार प्रकाशित विज्ञप्तिमा उत्तरी अफगानिस्ताका केही भूभागमा तालिवानहरुको बाक्लो उपस्थिति भएको जानकारीका आधारमा कारबाही गरिएको जनाइएको छ ।

उक्त विज्ञप्तिमा अफगानिस्तानको विभिन्न प्रान्तमा जारी कारबाहीको क्रममा ती आतङ्ककारी मारिएका बताइएको छ । हेरात प्रान्तमा पछिल्लो समयमा अफगान सेनाले संयुक्त कारबाही सुरु गरेको छ ।

सन् २०१४ को अन्त्यबाट नेटो सेनाले अफगानिस्तानबाट विदा लिएको छ । अफगानिस्तानमा जारी तालिवानको द्वन्द्वमा अफगान सुरक्षाबलले नै कारबाही गर्दै आएको छ ।

यस कारबाहीको क्रम सरकारबलतर्फ कुनै हताहतीको समाचार भने नभएको जनाइएको छ । सुरक्षाबलले यस कारबाहीको क्रममा भारी मात्रामा हताहतियारसमेत बरामद गरेको बताइएको छ ।

अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन । पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...