Saturday, March 26, 2016

अग्निपीडितलाई राहत

लुम्बिनी (रुपन्देही), १४ चैत । रुपन्देहीको मर्चवार क्षेत्रका अग्निपीडितलाई राहत वितरण गरिएको छ ।

गत चैत ८ गते रुपन्देहीको मर्चवार क्षेत्रको मझगावा गाविस वडा नं ४ को देवान बक्सपुरमा भएको आगलागीपीडितलाई शनिबार त्यस क्षेत्रका सांसद सर्वेन्द्रनाथ शुक्लले तराई मधेस लोकतान्त्रिक पार्टीका तर्फबाट प्रतिपरिवार एक÷एकवटा खाट, दरी, खाद्यान्नलगायतका सामग्री वितरण गर्नुभएको हो ।

सो क्रममा एसएलसी परीक्षाको तयारीमा बसेका दीपक धरिकरका सबै किताब कापी नष्ट भएकाले पाठ्यपुस्तक खरिदका लागि आर्थिक सहयोगसमेत उहाँले प्रदान गर्नुभएको थियो ।

सांसद शुक्लले अग्निपीडितलाई तत्कालका लागि अस्थायी वासस्थान आवश्यक भएको बताउँदै निर्माणका लागि पहल गर्ने बताउनुभयो । शनिबार नै भैरहवा लायन्स क्लबले उक्त स्थानमा राहत वितरण गरेको थियो ।

आगलागीले छ घरधुरी धरिकार परिवार, दुई घर यादव परिवार र दुई घर कहार परिवारको उठिबास गरायो । आगलागीबाट पुरुष २९ र महिला २१ गरी ५० जना प्रभावित भएका छन् । जसमध्ये बालबालिका २६ जना रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...