Sunday, March 27, 2016

अमेरिकामा दशकौ देखि किर्ते वकिल बनि काम गर्दै आएकी महिला पक्राउ

920x920

अमेरिकाको पेनसेल भानिया राज्यमा दशकौ देखि आफुलाई अधिकारिक अधिवक्ता भनि काम गर्दै आएकी महिला वकिललाई पेनसेलभेनिया राज्यको हन्टिंगडन काउन्टी बाट पक्राउ गरिएको छ l उक्त काउन्टीकि पूर्व अधिवक्ता संघकि अध्यक्ष समेत रहेकी भनिएकी अमान्य तथा अवैध वकिलले नक्कली कागजात पेस गरि एउटा ख्याती प्राप्त वकिल भनि दावा समेत गरेकी थिइन् l

किम्बर्ले किचेन नाम गरेकी किर्ते वकिललाई गत बिहिबार जालसाजी ,अनधिकृत वकिल पेसाको अभ्यास ,आपराधिक कार्यमा हन्टिंग डन काउन्टीमा प्रवृतिमा संलग्न भएकोले दोषी ठहराईए मुद्धाको प्रक्रिया अगाडी बढाईएको छ l

४५ बर्षिय किचेनले बिएमजे हन्टिंगडन व्यवसाय कानुनलाई झुक्याएको ,किर्ति प्रमाण पत्र ,कानुन ब्यबसाय परीक्षा को परिणाम तथा उनका बिधुतिय पत्राचारबाट पुस्टि भएको छ l यसको साथै उनले डु क़ुएन्स कानुन बिश्व बिधालयमा भाग लिएको तथा राज्यको अधिवक्ता दर्ता शुल्क समेत प्राप्त भएको वादीले बताएको कुरा हन्टिंगडन दैनिक समाचारमा छ l

उनको यो मुद्धा दायर गर्न आफ्नो काउन्टी बाट नभै अर्को काउन्टी बाट ल्याउनुको साथै राज्यका महा न्यायाधिवक्ताले न्यायाधिसको समक्ष मुद्धा पुर्याईएको थियो l उनले आफ्नो काउन्टीमा धेरै बर्ष देखि काम गरि रहेकोले न्यायालयशालामा किचेनले सरल संग समाल्ने हुँदा यसो गरिएको हो भनि उल्लेख छ l किचेनले जुनियेटा कलेजको लागि आर्थिक कोष वृद्धि गर्ने काम गरेको भन्दै मानिसलाई राज्य अधिवक्ता समेत किचेनले भनेको वादीले बताएका छन् l

किचेन को तर्फका वकिल क्यारोलिन रोबर्टले यस बारेमा अदालतमा पुनर्विचारको लागि आग्रह गर्ने कि नगर्ने भनि समिक्षा गरि रहेको बताएको हन्टिंगडन दैनिक समाचारमा छ l न्यायाधिसले हाल कुनै समय न तोकी ९० दिन सम्मको लागि दर्ता पेस गर्ने अवधि दिएका छन् l किचेनलाई पेशामा रोक लगाएकोले डिसेम्बर २०१४ देखि अधिवक्ता पेशा गर्न बन्द गरेकी थिइन् l

तस्बिर : सेली डिईत्जले ,एपी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...