Tuesday, March 29, 2016

एन आर एन क्यानडा नेपाली भाषा साहित्यको बिस्तारमा

यही मार्च २७, २०१६ का दिन गैर आवासीय नेपाली संघ -एन आर एन क्यानडाका केन्द्रिय उपाध्यक्ष एवंम भाषा साहित्य तथा प्रकाशन विभाग प्रमुख सुरेन उप्रेतीको संयोजकत्वमा हाल २० सदस्य रहेको भाषा साहित्य तथा प्रकाशन समिति गठन भै पहिलो बैठक सम्पन्न भयो। क्यानडाका नेपालीहरुको बसोवास भएका बिभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व हुने, नेपाली भाषा र साहित्यको विकाश तथा प्रवर्ध्दनमा जोड दिने, प्रदेशहरुमा रहेका बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबध्द रही नेपाली भाषा र साहित्यको विकाशमा योगदान पु- याउंदै आएका साहित्यकारहरु, नेपाली कक्षा संयोजक तथा शिक्षाविद्हरु को संलग्नता रहेको यस समितिले बिभिन्न संघ संस्थाहरु सँग एकाकार भर्इ नेपाली भाषा र साहित्यको विकाशमा पहल गर्ने नीति रहेको छ ।

हाल क्यानडाका विभिन्न स्थानहरु क्यालगरी पूर्व र क्यालगरी पश्चिम विनिपेग मन्ट्रियल

गोयल्फ अन्टारियो टोरन्टो ब्राम्टन मन्ट्रियल रेजाइना सास्काच्यून अटवा गरी २२ वटा नेपाली भाषा कक्षाहरु संचालन भैरहेका छन । यी नेपाली भाषाका कक्षाहरुमा हरेक हप्तान्तमा एक दिन नेापली भाषाको पढाइ हुँदै आएको छ ।यसरी क्यानडाका बिभिन्न भूभागमा छरिएर रहे पनि नेपाली भाषा कला साहित्य र संस्कृतिलार्इ भावी पुस्ताहरु सम्म नीरन्तरता दिन सरल र सहज ढंगले पहुँच पुर्याउनका लागि संचालित यी नेपाली भाषाका कक्षाहरु पाठ्यक्रम र पाठ्य पुस्तकको अभावमा बिभिन्न अप्ठ्यारा परिस्थितिहरुमा गुज्रनु परिरहेको अवस्था छ ! अव यस समितिल द्वारा तयार गरिने पाठ्यक्रम र पाठ्य पुस्तकले क्यानडाका माथि उल्लेखित स्थानका भाषा कक्षा तथा नयाँ खुल्ने भाषा कक्षाहरुलार्इ पठन पाठनमा सहयोग पुर्याउने छ ।

सुरेन उप्रेतीको संयोजकत्वमा बनेको यस समितिमा विनिपेगिबाट डा पुरुषोत्तम राज सिहं र डा होम गड्तौला, एडमन्टनबाट यम घिमिरे र डा भरत श्रेष्ठ, क्यालगरीबाट शमा उपाध्याय, ऋषी बस्ताकोटी, ज्ञानेन्द्र श्रेष्ठ र कुशुम ज्ञवाली त्यस्तै गरी टोरन्टोबाट डा गोबिन्दसिं रावत, मुक्ती गौतम र रमेश थापा,मिसिसागा तथा ब्रामटनबाट गोपी काफ्ले र डा नारायण रेग्मी ,मन्ट्रियल क्यूवेकबाट यूवराज भण्डारी,अटवाबाट शालिग्राम अर्याल, कमल कोर्इराला, भानुभक्त आचार्य, डा जयराम सिंखडा र योगेन्द्र भट्टराई रहनु भएको छ।

भिडियो कन्फ्रेन्स कल गरी सम्पन्न उक्त बैठकमा भानुभक्त आचार्य, शमा उपाध्याय, ऋषी बस्ताकोटी, डा पुरुषोत्तम राज सिहं, डा भरत श्रेष्ठ, यूवराज भण्डारी, कमल कोइराला, सुरेन उप्रेती ले आआफ्नो ठाउँमा रहेका नेपाली कक्षाहरुको जानकारी गराउनुका साथै भाषा पढाउँदा आइपर्ने असहज परिस्थिति  तथा विभिन्न थरिका चुनौतीहरुको चर्चा गरेका थिए । सहभागीहरुको अनुभव आदान प्रदान पश्चात पाठ्यक्रमको मसौदामाथि छलफल भएको

थियो । अन्तर्रष्ट्रिय नेपाली साहित्य समाज क्यानडा, अटोवाको नेपाली संगठन र एनआरएन

क्यानडाको संलग्नतामा तयार उक्त मसौदामाथि अध्ययन गरी आगामी एप्रल १५, २०१६ भित्रमा सबैले राय सुझाव प्रस्तुत गर्ने र पाठ्यक्रमलार्इ पूर्णता दिइ तदनुसार पुस्तक लेखन कार्य शुरु गर्ने निेर्णय गरिएको छ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...