कोलोराडो निवासी नेपालीहरुले बसन्त ऋतुको आगमन संगै आपसी मेलमीलाप र सद्भाबको रुपमा मनाईने होली एक आपसमा रंग लगाई हर्सोउल्लासका साथ मनाएका छन् । नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा कोलोराडोको ब्राईटन स्थित सनातन मन्दिरमा आयोजित कार्यक्रममा यहां रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको सुरुमा पंण्डित जिवन बरालले विषेश पुजा सहित होलीको महत्व उल्लेख गर्दे उपस्थित सबैलाई टिका लगाई कार्यक्रमको सुरुआत गरेका थिए ।
त्यसपछि मंन्दिरको प्राङ्गणमा जम्मा भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरु हातमा बिभिन्न किसिमका रंग लिएर आ–आङ्खना दौतरिहरुलाई लगाउन व्यस्थ देखिन्थे । यसरी होली खेलीरहेको देख्दा विश्वको जुनसुकै कुनामा भएपनी नेपालीहरु आÏनो संस्कृती र चाडपर्ब को जगेर्ना गर्न कम्बर कसेर लाग्छन् भन्ने प्रष्ट हुन्थ्यो ।
नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्धिबैठक अगाडी रङ्गी चङ्गी पारेर सिंगारी गाडीएको चिरमा आजापुजा गरेपछि बिधीबत् रुपमा होलीसुरु भएको मानिन्छ ।
दैत्यराज हिरण्यकश्यपुले बिष्णु भक्त आङ्खना पुत्र प्रहदलाई मार्ने उद्धेश्यले ब्र≈माबाट आगोले छुन नसक्ने बरदान पाएकी आङ्खनी बहिनी होलीकालाई प्रहदका साथ दन्किरहेको आगोमा बस्न लगाउंदा आगोले होलीका आफै भष्म भएको, तर भक्त प्रहदलाई केही नभएकले त्यही समय देखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलीका मारिएको खुसीयालीमा होली खोल्ने चलन चलेको हिन्दु सास्त्रमा उल्लेख गरिएको छ ।
यसै दिनमा टुडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इट्म्बाहालदेखि कंहिपनि नबिसाई ल्याईएको १० पाथी चामलको भात र एउटा रागोको मासु खुवाई सैनीक अस्पत्ताल भित्र रहेको ‘जध’ु धारोमा चुठाउने प्रचलन रहेको छ ।
त्यसैगरी द्धापर यूगमा श्रीकृष्ण भगवानलाई मार्न कंश द्धारा पठाईएकी राक्षसनी पुतनाले आङ्खनो स्तनमा बिष लगाएर कृष्णलाई दुध चुसाउंदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा बज्रबासीले फागु मनाउन थालेको जनश्रुती छ ।
यि र यस्ता हिन्दु संस्कृती तथा परंपरा अगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार आज संम्पन्न भएको फागु कार्यक्रममा उपस्थित सबै बालक हुन वा बृद्ध, यूवा यूवती हुन वा अधबैसे, सबै आ आÏना दौतरीका साथ रंग लगाएर खुशी साट्न व्यस्थ देखिन्थे ।
बिहान ११ बजे देखी सुरु भएको कार्यक्रम दिउसो २ बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा नेपाली घरका महासचिव लक्षुमण रानाले सबैलाई स्वागत गरेका थिए भने अध्यक्ष योगराज गौतमले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । संस्थाले उपस्थित सबैलाई निशुल्क भोजनको ब्यावस्था गरेको थियो ।
No comments:
Post a Comment