Friday, April 22, 2016

कशल र रकष अभनत मयजक भडय सरवजनक

kushal-khatri-and-Rakshya-Poudel-300x157

मोडल रक्षा किन सञ्चारकर्मी कुशलसँग भागिन

कुशल र रक्षा अभिनित म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी कुशल खत्रीको हरेक पलमा सार्वजनिक

काठमाडौं/ मोडल रक्षा पौडेल (निलम) सञ्चारकर्मी कुशल खत्रीसँग भागेकी छन् । यो बास्तविक नभई युवा सञ्चारकर्मी कुशल खत्रीको पहिलो लोक दोहोरी गीत हरेक पलमाको म्युजिक भिडियोको दृश्य हो । हरेक पलमा गीतको भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सञ्चारकर्मी कुशल खत्रीको साथमा प्रतिभावान मोडल रक्षा पौडेल(निलम)को अभिनय  रहेको छ ।  गीतमा दुई जोडिको प्रेम, पिडा र त्यागको कथालाई प्रस्तुत गरिएको छ ।

कुमार केसीको निर्देर्शन रहेको यस गीतको छायांकन हरिनारायण चौधरीको हो भने सम्पादन अनुप शिवाकोटीको हो । संगम महतको शब्दमा शिशिर भुसाल र मुना थापाको स्वर सुन्न सकिन्छ । लयभने शिशिर भुसालको नै रहेको छ ।

 

गीतको उत्पादन तथा बजार व्यवस्थापन रेस्पोसिन्सभ मिडिया प्रा.लीले गरेको छ । म्युजिक भिडियो राम्रो बनेको र दर्शक श्रोताको माया पाउनेमा गीतका प्रस्तुतकर्ता, मोडल तथा रेस्पोन्सिभ मिडियाका निर्देशक कुशल खत्री आशावादी छन् ।

 

kushal khatri

रक्षा पनि यस गीतबाट बढि आशावादी छिन् उनी भन्छिन् हामी सबैले मेहनत गरेका छौं त्यसलाई दर्शकले मन पराउनेमा विश्वस्त छु । सञ्चारकर्मी कुशल खत्री रंगीनसंसार डट कममा आबद्ध रहेका छन् भने रेस्पोन्सिभ मिडियाका निर्देशक समेत रहेका छन् । सानै देखी कलाकारीतामा लाग्ने सपना देखेका कुशल अहिले त्यहि सपना साकार बनाउने अभियानमा छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...