अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको बेथेस्ठामा प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेला सुरु भएको छ l उक्त राष्ट्रिय भेलाको लागि अमेरिकाको भ्रमणमा रहनु भएका उप प्रधान मन्त्रि तथा पर राष्ट्र मन्त्रि कमल थापा प्रमुख अतिथि रहनु भएको छ l
उक्त समाजको प्रथम राष्ट्रिय भेलाको लागि अमेरिकाका विभिन्न राज्यहरु बाट संस्थाका पदाधिकारीहरु आएका छन् भने डिसी महानगर क्षेत्र वरपरका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ l र अमेरिकाका लागी नेपालका राजदुत डा अर्जुन कुमार कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ l
कार्यक्रम समय २ बजे तोकियता पनि उप प्रधान मन्त्रि थापाको डिसी क्षेत्रको अन्य स्थानमा कार्यक्रममा सहभागीता भएको कारण समय मा हुन् नसकी बिलम्ब सुरु भएको छ l र शुभकामना मन्तब्यको क्रम जारी रहेको छ l उप प्रधान मन्त्रि थापाले पानसमा बत्ति बालि कार्यक्रमको सुभारम्भ गर्नु भएको छ l
No comments:
Post a Comment