Sunday, April 24, 2016

एनआरएनको परोपकार कार्यदलमा अमेरिकाका बाला घिमिरे र हरिबोल भण्डारी सहसंयोजक नियुक्त

Bala Ghimire

जर्मनी । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएन)ले उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा परोपकार तथा मानवीय सहायता समिति गठन गरेको छ । समितिको सहअध्यक्षमा बाला घिमिरे (अमेरिका), हरिबोल भण्डारी (अमेरिका), सोम सापकोटा (डेनमार्क) र क्षेत्रीय संयोजकहरुमा एसिया प्यासिफिक क्षेत्रमा कपिल थापा, अमेरिकामा कृष्ण लामिछाने, मध्यपूर्वमा आरके शर्मा, अफ्रिकामा सुनिल कार्की, युरोपमा एकराज गिरी र सदस्य सचिवमा युकेबाट रामशरण सिंखडा रहेको अाज जारी विज्ञप्तिमा जनाएको छ । समितिको सल्लाहकारमा शेष घले, उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने र रामप्रताप थापा रहेका छन् ।

Haribol Bhandari

यसैगरी सदस्यहरुमा अष्ट्रेलियाबाट डिला खरेल, अभिमान सिंह बस्नेत, अच्युत अधिकारी, नविन मैनाली, प्रताप राना, बहराइनमा जेपी सापकोटा, बेल्जियमबाट अनुजा प्रधान, चीनबाट राजन जमरकटेल, डेनमार्कबाट उदय गौतम, जर्मनीबाट रामजीवी पन्त, कमला दाहाल, विनय गुरुङ, हंगकंगबाट जेएन ज्ञवाली, नेदरल्याण्डसबाट मनोहरि शर्मा, इजराइलबाट भगवती बस्नेत, जापानबाट महेश श्रेष्ठ, कोरियबाट केपी सिटौला, रुद्र शर्मा र विनोद कुँवर, कतारबाट बद्रि पाण्डे, साउदीबाट राजु शायद, स्पेनबाट मुक्त गुरुङ र दिपक खरेल, स्वीटजरल्याण्डबाट हीराबल गुरुङर डा. विनय श्रेष्ठ, युकेबाट संगीता मरहठ्ठा, जीव बेल्बासे, चन्द्र गुरुङ, एभरेष्ट गौतम, कृष्ण तिमिल्सना,टुका क्षेत्री, अमेरिकाटबा अर्जुन देवकोटा, राजन त्रिपाठी, टुंगा शेर्पा, गौरी जोशी, रामकान्त खरेल, अमृत सापकोटा, घन दवाडी र सुनिल महर्जन रहेका छन् ।

NRNA-LOGO

स्मरण रहोस यसै कार्यदल मार्फत एनआरएनले देबघाट र गलेस्वरमा बृद्धाश्रम, पशुपतिमा क्रियापुत्री भवन, संखमुल पार्क, मातृभूमि नेपालमा गत बर्ष गएको शक्तिशाली भुकम्प लगत्तै उद्धार र अन्य धेरै मानवीय कार्य गर्दै आएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...