Sunday, April 24, 2016

बेलायतमा किरात उभौली (यक्वा तङ्नाम) पुजा सम्पन्न।

Udhauli_puja_1

गत २४ मेँ २०१६ को दिन किरात सत्तेहाङ महागुरु फाल्गुनन्द समाज सेवा बेलायतको आयोजनामा किरात उभौली (यक्वा तङ्नाम) पुजा सम्पन्न भयो ।

किराँतीहरु प्रकृति पुजक भएकाले बाली लाउनु अघि प्रकृतिलाई पुजा गरेर यस वर्ष बाली राम्ररी फलोस, समयमा पानी परिदियोस, प्रकृतिले बाली पाक्ने समयसम्म रक्षा गरि दियोस भनेर प्रार्थना गर्ने समयलाई उभौली पुजा (यक्वा तङ्नाम) भनिन्छ । बेलायतमा बसेपनि आफ्नो पिता–पुर्खाले चलाई ल्याएको संस्कार र रितिलाई आफ्नो भावि सन्नतीलाई जोगाई राख्नको लागी यो पुजा गर्ने गरिएको पुजारी (सेवा साबा) रुद्र तुम्बापो ज्यूले बताउनु भयो ।

कार्यक्रम विहान ८ बजे उभौली पुजा (यक्वा तङ्नाम) बाट सुरु गरेर ११ बजे सकिए पश्चात अथितिहरुलाई स्वागत सम्मान गरिएको थियो । स्वागत सम्मान सकेपछि पुजारी (सेवा साबा) बाट आसिर्वाद (माङ्वा हाङ्वा) लिईएको थियो।
आसिर्वाद (माङ्वा हाङ्वा) करिब १ घण्टा लामो रहेको थियो ।

उक्त कार्यक्रमको अन्त्यमा लिम्बुहरुको चर्चित ढोल नाँच (केःलाङ) नाँचिएको थियो । ढोल नाँच (केःलाङ) बिभिन्न किसिमको हुन्छ त्यस मध्ये पुजा–आजा गर्दा नाँचिने नाँच माङ्लाङ (देवि देवतालाई मनाउन नाँचिने नाँच) नाँचेर दिउसो ३ बजे कार्यक्रमको समापन भएकोे थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...