मुलुकमा संकट अझ चर्कन सक्ने सम्भावना छ भन्दै अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्डमा प्रवासी नेपाली एकता समाजको प्रथम भेलालाई प्रमुख आतिथ्यको मन्तब्य राख्ने क्रममा उप प्रधान तथा परराष्ट्र मन्त्रि कमल थापाले उक्त कुरा बताउनु भयो l यो संकटलाई बेलैमा हेर्न सकिएन भने बिकराल रुप लिने ध्यानाकर्षण गराउनु भयो l
पूर्व शुभकामना दिने बिभिन्न वक्ताहरुले राखेका आफ्ना बिचारलाई सरकार तथा राप्रपा नेपालको तर्फ बाट जवाफ दिदै के सम्भव छ या के सम्भव छैन भन्ने कुरा भन्दा हरेक कुरा सम्भव भएको आफुले देखेको बताउनु भयो l
उप प्रधान मन्त्रि थापाले १० बर्षे जनयुद्ध र १० बर्षे राजनैतिक संक्रमण कालले देश थिलथिलो भएको हो l नेताहरुको अकर्मन्यताको कारण देशले सहि मार्ग लिन सकेन l मार्ग चित्र बनाउन नसक्नुको कारण आर्थिक विकासमा देश निकै पछाडी पुगेको बताउनु भयो l संबिधानको बिषयमा बोल्दै अमेरिकाको संबिधान पनि पटक पटक सुधारिएको छ भन्नु भयो l नेपालको संबिधान शत प्रतिशत ठिक छ भनि हाल्न मिल्ने ठाउँ नहोला भन्नु भयो l
९२ प्रतिसतले अहिलेको संबिधानलाई दस्तखत गरिएको छ भन्नु भयो l संबिधानले विचारको स्वतन्त्रता ,दल प्रतिबन्ध गर्न नपाउने,आवधिक निर्वाचन र संबिधान संसोधन गर्न पाइने प्रत्याभूति गरेको बताउनु भयो lएक पटक चुनाब हार्दैमा सिद्धान्त र विचार मर्दैन भन्नु भयो l अब सबैको ध्यान आर्थिक विकासको लागि आवश्यक भएको छ भन्दै सबैको साथ चाहिने बताउनु भयो l नेपालको अस्त्तित्वको विकास लागि समग्र आर्थिक विकास अनिवार्यता रहेको बताउनु भयो l गैर आवासीय नेपाली संघ एक सशक्त तथा बलियो संस्था भएकोले सरकार तथा एनआरएन संग हातेमालो गर्दै अगाडी बढ्नु पर्छ भन्नु भयो l
प्रवासी नेपाली एकता समाजको प्रथम भेलालाई उप प्रधान मन्त्रि थापाले पानसमा बत्ति बालि कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो l कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की ,बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ , डेमोक्रेटिक दलका ह्यारी एचबि भण्डारी ,प्रवासि नेपालि मन्च अमेरिकाका महासचिव प्रभु राम थापा ,अमेरिकाको क्यालिफोर्नियाको सान्नडीएगो काउन्टीका लागि अवैतनिक बाणिज्य दुत ऋषि ढकाल ,बाणिज्य महादुत प्रेम राजा महत ,एनआर एन अमेरिकाका अध्यक्ष केसब पौडेल ,अमेरिकाका क्षेत्रीय संयोजक सनम लामा ,राप्राप्रा नेपालका विदेश बिभागका संयोजक प्रेम कुमार श्रेष्ठ तथा राधा शर्माले शुभकामना दिएका थिए l
कार्यक्रमको लागि न्युयोर्कबाट बाणिज्य दुताबासका महा बाणिज्य दुत नारायण प्रसाद मैनाली ,वाशिंगटन राज्य बाट एसियन प्यासिफिक अमेरिकन मामला ,आयुक्त मोहन गुरुङ तथा एटलान्टा बाट नासाका पुर्व अध्यक्ष राजा घले लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो l
यसै गरि प्रेम चौलागाईले स्वागत तथा कार्यक्रमका मुख्य संयोजक लोकनाथ तिवारीलेले पहिलो चरणको कार्यक्रमको धन्यबाद ज्ञापन दिएका थिए l कार्यक्रममा उपप्रधान तथा परराष्ट्र मन्त्रि कमल थापाले प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष आङ्ग कामि शेर्पा ,सनफ्रान्सिस्कोका पर्यटन दुत अनिल पाण्डे लगायत अन्यलाई खादा ओढाई टिका लगाउदै सम्मान गर्नु भएको थियो l कार्यक्रम संचालन दिपु भुसालले गरेका थिए l
No comments:
Post a Comment