Sunday, April 3, 2016

बाल्टिमोरबासीलाई स्वादिस्ठ “थकाली खाना” खुवाऊँदै शेरचन, गौचन, तुलाचन, भट्टचन (थकाली समाज) को “तोरन्ल्ह पर्ब” अमेरिकामा भब्यताकासाथ सम्पन्न

IMG_0431
शेरचन, गौचन, तुलाचन, भट्टचन (थकाली समाज) को बर्षकै सबैभन्दा ठुलो पर्ब “तोरन्ल्ह” अमेरिकाको बाल्टिमोर शहरमा भब्यताकासाथ सम्पन्न भएको छ l
IMG_0455

तामांग, शेर्पा, गुरुङ ले “ल्होशार” मनाए जस्तै थकाली जातीले तोरन्ल्ह मनाऊने गर्दछन् रथकालीको यो तोरन्ल्ह चाड फागुपुर्णिमाको दिनमा पर्दछ र होली भने खेल्दैनन् l
कम जनसंख्याको भए पनी, नेपालको राजनितीमा रास्ट्रिय स्तरमा पुगिरहने यो थकाली जातीका: गणतान्त्रिक सरकारका पुर्ब: ऊप-प्रधानमन्त्री अमिक शेरचन, पंचायती सरकारका मंत्रीहरु   भिम प्रसाद गौचन/ओमकार प्रसाद गौचन/रोमियो गौचन र ज्ञानेन्द्र सरकारका मंत्री जगत गौचनका  पारिबारिक सदस्यहरु कार्यक्रममा सहभागी थिए l

IMG_0424

अप्रिलको २ तारिख शनिबारका दिन बिहान ८ बजे देखी मध्य रातको १२ बजे सम्म
आयोजना गरिएको यो थकाली तोरन्ल्ह-कार्यक्रममा, बिहानै भरमन्ट देखी आएका
गोबिन्द शेरचनबाट थकाली भाषामा पित्री-पुजा, अन्तरक्रिया आदि ईत्यादीको आन्तरिक-कार्यक्रम र साँझ ७ बजे देखी अन्य सबै जातीको लागी खुल्ला गरिएको दिनभरको कार्यक्रममा थकाल्नीहरुले पकाएको “सारै मिठो” ब्रेकफास्ट, लन्च र डिनर को ब्यबस्था गरिएको थियो l

हिमाल पारी मुस्तांगको फापरको पिठो र टिम्मुरको छोप् लाई खसीको मासुमा मिलाएर  बेग्लै तरिकाले ऊमालेर पकाएको (थकालीले मात्रै बनाऊन जान्ने)
सारै मिठो “टुंग, काटुंग, किन्जे (घिंटी)” नाम गरेको थकाली परिकार बाल्टिमोरका
सबै नेपालीले चाख्न पाए l सबैभन्दा पहिला चाख्ने पाहुना थिए: नेपाली कांग्रेसको
भात्री संगठन जन सम्पर्क समिती-अमेरिकाका तरुण पौडेल l
बाल्टिमोरकी जेनी तुलाचनले सत्कारस्वोरुप दिएको थकाली परिकार काटुंग खाँदै
तरुण पौडेलले भने – थकालीको खानै मिठो ?

IMG_0417

थकालीलाई ६५ डलर र अन्य जातीलाई २५ डलर तोकिएको थकाली खाना खानको लागी  साँझ ७ बजे पछी लामो लाईन लागेको थियो l पे-बार को पनी ब्यबस्था थियो l  डिनर शुरु गरे लगत्तै नेपालका रास्ट्रिय स्तरका कलाकारहरुको रमाईलो दोहोरी गीत र नौमती बाजाको तालमा ऊपस्थित सबैजना नाचेका थिए l  सांस्कृतिक कार्यक्रम रातिको १२ बजे सम्म चलेको थियो l

IMG_0412

भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डिसी, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, बोस्टन, टेक्सास, भरमन्ट राज्यहरुबाट आफ्नै गाडीमा, कोही १८ / १८ घण्टा बस-यात्रा गर्दै र कोही हवाईजहाज-यात्रा गर्दै थकालीहरु बाल्टिमोरमा जम्मा भएका थिए l बाल्टिमोरमै यस अघी आयोजना गरिएको थकाली तोरन्ल्ह तत्कालिन नेपाली राजदुत डा० शंकर शर्माको प्रमुख आतिथ्यमा भब्य भएको थियो भने यसपाली भने नेपाली दुतावासबाट कसैको ऊपस्थिती देखिएन र स्थानीय बाल्टिमोरबासी महा-बाणिज्यदुत प्रेमराजा महत पनी थकाली तोरन्ल्हमा देखिएनन्  l दुतावास श्रोतका अनुसार, अप्रिल २ तारिखकै लागी अमेरिकाकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटीका पुर्ब अध्यक्ष     खेम भट्टचनको अनुरोधमा “म पक्का आऊँछु” भनेर मैले खेम भट्टचनलाई बचन दिएको थिएँ , खोई त ? निम्तो-पत्र / जिपिएसमा हाल्ने ठेगाना केही पठाएनन् त ? आयोजकले ?

अमेरिकाका बिभिन्न राज्यहरुबाट आऊनुभएका नेपाली दाजुभाईहरुसंग चिनाजान गर्न  मेरो पनी ईच्छा थियो – महामहिम राजदुत डा० अर्जुन कुमार कार्कीले भन्नुभयो l  
IMG_0413
बाल्टिमोर शहरको पहिलो नेपाली रेस्टुरेन्ट कुमारी रेस्टुरेन्टका मालिक बुद्धी शेरचन, बाल्टिमोरका नेपालीहरुको छाता संगठन “बाना” का पुर्ब ऊपाध्यक्ष ओम तुलाचन, ई० मनोज भट्टचन, गगेंद्र गौचन, होम कुमारी तुलाचन, जेनी तुलाचन, बन्धन शेरचन,  सरोज गौचन, गोपाल तुलाचन, भुपिन शेरचन, सुफल गौचन, अमिक शेरचन-सुपुत्र श्रमिक शेरचन   लगायतका थकालीहरुको आयोजक समितीको आयोजनामा ऊपरोक्त तोरन्ल्ह सम्पन्न भएको हो l

IMG_0442

IMG_0446 IMG_0442 IMG_0440 IMG_0438 IMG_0437 IMG_0433 IMG_0431 IMG_0429 IMG_0428 IMG_0424 IMG_0422 IMG_0421 IMG_0419 IMG_0418 IMG_0417 IMG_0415 IMG_0413 IMG_0412 IMG_0411 IMG_0410 IMG_0409 IMG_0408 IMG_0407 IMG_0406 IMG_0405 IMG_0404 IMG_0402 IMG_0399 IMG_0390 IMG_0389 IMG_0388 IMG_0387 IMG_0386 IMG_0383 IMG_0381 IMG_0455 IMG_0451 IMG_0450 IMG_0448

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...