Sunday, April 3, 2016

चेपाङ केन्द्रलाई सोलार सहयोग

20160402_173546

रत्ननगर २० चैत्र ।
पूर्वी चितवनको रत्ननगर १०, मंगलपुरमा रहेको गाँमवेशीको चेपाङ संरक्षण केन्द्रलाई सोलार बत्ती सहयोग गरिएको छ । उर्जा समाज नेपालको सहयोगमा केन्द्रमा रहेका बालबालिकाको अध्ययनमा सहयोग गर्ने उद्देश्यले सो बत्ती हस्तान्तरण गरिएको हो । केन्द्रमा आज शनिबार आयोजित कार्यक्रममा उर्जा समाज नेपालका अध्यक्ष बासु ढुङ्गानाले ६ वटा सोलार बत्ती केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गर्नुभएको थियो ।

20160402_173536कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ प्रशासकीय अधिकृत एवम् केन्द्रका सल्लाहकार रामकुमार अर्याल, उद्योग वाणिज्य संघ रत्ननगरका महासचिव एवम् केन्द्रका सल्लाहकार देवेन्द्र कुमार श्रेष्ठ, उर्जा समाज नेपाल एवम् मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुङ्गाना, पञ्चतेज ज्योती रा.प्रा.वि. का प्रधानाध्यापक राम बहादुर मगर, चक्रपाणी अधिकारी, रमेशबाबु वाग्ले लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । केन्द्रमा चितवन र मकवानपुरका विकट पहाडी बस्तीका १ सय ४१ जना चेपाङ बालबालिकाहरु अध्ययनरत रहेका छन् ।

20160402_173531

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...