Wednesday, April 27, 2016

नविना बनिन गोर्खाली फाउन्डेसनकि सद्भावना दुत

nabina 1

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउन्डेसनले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नविना बस्नेत लाई सद्भावना दुत बनाएको छ l सन् २००८ देखि अमेरिकामा रहदै आएकी नविनालाई सामाजिक सेवामा अतुलनिय काम गर्दै आएको गोर्खाली फाउन्डेसनको परियोजना तथा प्राप्तिलाई मुख्य प्रबर्द्धन तथा सद्भाव पुर्याउनु सद्भावना दुत नियुक्त गरेको हो l र गत हप्ता देखि बस्नेत सद्भावना दुत बनेकी हुन् l

नयाँ सद्भावना दुत घोषणा भए पछि खुसी व्यक्त गर्दै बस्नेतले प्रतिष्ठानको प्रवर्द्धन गर्न कुनै कसर नछोड्ने बताईन l उनले भनिन्- ‘फाउन्डेसनले सोचेको भन्दा अझ रामो काम गर्ने प्रतिबद्धता जाहेर गरिन l

गोर्खा फाउन्डेसनको सद्भावना दुत हुन पाउँदा खुसी लाग्नु स्वाभाविक हो भन्दै भविष्यमा अन्तर राष्ट्रिय स्तरमा समेत फाउन्डेसनको ख्याती वृद्धि गर्न कम्मर कसेर लाग्ने बताइन l यसको लागि आफुलाई दिएको उत्तरदायीमा काम गर्ने कुरामा आफु पूर्ण रुपमा मानसिक रुपमा तयार भएको बताईन l

nabina 3

उनले भनिन ,हाम्रो मुख्य जोड भनेको गोर्खाको बारपाक हो l यसको लागि काम गरि रहेका छौ भन्दै आगामी दिनमा बारपाक क्षेत्रमा पाठशाला तथा अन्य बिबिध कुरामा काम गर्ने बताईन l नविनाले आफ्नो आदर्स माईति नेपालकि संचालक अनुराधा कोइराला भएको बताईन l

नविनालाई अमेरिकामा धेरै परिचय दिई रहनु पर्दैन l सन् २०१२ को अमेरिका नेपाल सुन्दरी प्रतोयोगिता कि प्रशिक्षक ,अमेरिका नेपाल सुन्दरी प्रतियोगिता २०११ कि द्वितीय उप बिजेता रही सकेकी छिन् भने २०१४ को मिस नेपाल युएस को प्रतिभा प्रतियोगिताकि प्रमुख निर्णायक भई काम गरि सकेकी छिन् l

nabina 5

सन् २०१२ मा भएको एएनए एक्स्ट्राभ्यागेन्जा कि प्रमुख भै काम गरि सकेकी छिन् भने नृत्य निर्देशकको रुपमा काम गरि सकेकी छिन् भने साइबर संसार डटकम कि ब्रान्ड (मार्का ) सद्भावना दुत भै काम गरि सकेकी छिन् l

उनले भनिन गत बर्ष भूकम्पले तहस नहस बनाएको बारपाकमा गोर्खाली फाउन्डेसनको पहलमा २४ सै घण्टा बिद्युत आपूर्ति गर्न सकेकोमा खुसि व्यक्त गरिन l र त्यहा झिली मिलि बनाउन सकेकोमा केहि काम गर्न सकेको जस्तो लागेको बताईन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...