“म”
“म” को हुँ ?
चिनेको छैन मैले,
“म”लाई,
“म”लाई बिरानो ठान्नेहरू हो,
तिम्रो तर्कमा सत्यता छ।
मेरो कर्म र पेशा “म” होईन,
जात र धर्म “म” होईन,
नाम र उपाधि पनि “म” होईन।
चिनेको छैन, बुझेको छैन
आफैले आफैलाई,
स्वपरिचित हरुको विचमा,
स्वनाम हरुको विचमा,
परिचय बिहिन “म”
खोजिरहेछु “म” परिचय,
खोजिरहेछु “म” पहिचान।
त्यसैले त,
“म”लाई अपरिचित भन्नेहरूहो,
तिम्रो तर्कमा दम छ ।
Wednesday, April 27, 2016
कविता शीर्षक “म”
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment