Wednesday, April 27, 2016

ऊप-प्रधानमंत्री कमल थापाको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाजको प्रथम रास्ट्रिय-भेला, Washington DC

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यको बेथेस्ठामा प्रवासी नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ l उक्त राष्ट्रिय भेलाको लागि अमेरिकाको भ्रमणमा रहनु भएका उप प्रधान मन्त्रि तथा पर राष्ट्र मन्त्रि कमल थापा प्रमुख
उक्त समाजको प्रथम राष्ट्रिय भेलाको लागि अमेरिकाका विभिन्न राज्यहरु बाट संस्थाका पदाधिकारीहरु आएका छन् भने डिसी महानगर क्षेत्र वरपरका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको छ l र अमेरिकाका लागी नेपालका राजदुत डा अर्जुन कुमार कार्की लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ l

कार्यक्रम समय २ बजे तोकियता पनि उप प्रधान मन्त्रि थापाको डिसी क्षेत्रको अन्य स्थानमा कार्यक्रममा सहभागीता भएको कारण समय मा हुन् नसकी बिलम्ब सुरु भएको छ l र शुभकामना मन्तब्यको क्रम जारी रहेको छ l उप प्रधान मन्त्रि थापाले पानसमा बत्ति बालि कार्यक्रमको सुभारम्भ गर्नु भएको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...