Sunday, April 24, 2016

वेलायतमा महा भुकम्पको पहिलो बार्षिक शोक तथा नयाँ वर्षको शुभकामना आदान प्रदान ।

IMG_0459-2

गत २३ अप्रिल २०१६ को दिन वेलायतको आसफोर्ड स्थित नेपाली भान्साघर रेस्टुरेन्टमा विश्व नेपाली साहित्य महासङ्घ साउथ बेलायतले आयोजना गरेको महा भुकम्पको बार्षिक शोक तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रम बैशाक १२ गतेको महाभुकम्पमा परी ज्यान गुमाउनुभएकाहरुलाई स्मरण गर्दै २ मिनुट मौन धारण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । मौन धारण पश्चात नयाँ वर्षको रचनाहरु वाचन गरेर नयाँ वर्षको शुभकामना आदान प्रदान भएको थियो ।

भुकम्प गएको १ वर्षको अवसर पारेर शोक मनाईएको यस कार्यक्रममा धेरै रचनाहरु बिनासकारी भुकम्प सम्वन्धी नै रहेको थियो । आ(आफ्नो रचना वाचना गर्ने क्रममा २०७२ साल अहिले सम्मकै दुखस्दायी वर्ष रहेको, विषेश त भुकम्पले अधिकाम्स क्षती र्पुयाएको कुरा समाजसेबी गोम्बा शेर्पा ज्युले बताउनु भयो ।

कार्यक्रमको अन्तिम चारण्मा जानुका राईको गीत सङ्ग्रह ’’धर्तिको जन्म’’ र राजन मुकारुङको ’’बदलिदो सौन्दर्य’’ माथी कृती समिक्षा क्रमश विश्व नेपाली साहित्य महासङ्घको केन्द्रिय अध्यक्ष बिश्वासदिप तिगेला र विश्व नेपाली साहित्य महासङ्घ साउथ यु के का अध्यक्ष बिजय हितानले गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...