Tuesday, April 19, 2016

वदशक रजगरम महलक बचबखन बढय

Sex-Mahila-650x396काठमाडौं, ८ वैशाख । देशिक रोजगारीमा जान युवायुवतीको आकर्षण बढिरहेका बेला मानव तस्करको ठूलो गिरोह यसैको आडमा मानव बेचबिखनमा सक्रिय गरेको औंल्याइएको छ ।

श्रम तथा रोजगार मन्त्रालयले मंगलबार वैदेशिक रोजगारीमा घरेलु महिला कामदार पठाउने निर्देशिका उपर छलफल गर्न आयोजना गरेको कार्यक्रममा सहभागी बक्ताले वैदेशिक रोजगारीमा गएकाहरु मानव बेचबिखनमा रुपान्तरण हुने घटना बढिरहेको बताएको नागरिक दैनिकले समाचार छापेको छ ।

वैदेशिक रोजगारीका नाममा सुरु भएको विदेश यात्रा बेचबिखनमा रुपान्तरण हुँदा महिलालाई कसरी सुरक्षित राख्ने भन्ने समस्या टड्कारो रुपमा देखापरेको सरोकारवालाले बताए ।

खासगरी अबैध बाटो हुँदै वैदेशिक रोजगारीमा गएकाहरु मानव बेचबिखनमा पर्ने क्रम बढेकाले अब सरकारले यस्ता गतिविधि रोक्न विशेष योजना सुरु गर्नुपर्नेमा उनीहरुले जोड दिए ।

वैदेशिक रोजगारमिा गएकामध्ये बेचबिखनमा पर्ने धेरैजसो महिला रहेको भुक्तभोगीकोभनाई छ।

वैदेशिक रोजगारीमा गएका महिलामाथि शारीरिक, मानसिक, आर्थिक शोषणका घटना बढेपछि श्रम तथा रोजगार मन्त्रालयले दुई वर्षदेखि घरेलु कामदारको रुपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाउँदै आएको छ ।

यही प्रतिबन्धका बेला दलालले वैदेशिक रोजगारीका नाममा पठाएका महिलालाई बेचबिखन गरिरहेको तथ्य फेला परेको सम्बद्ध अधिकारीहरुले औंल्याए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...