Tuesday, April 19, 2016

नपल परहरक य चर वदरहल अब क गरलन ?

Aig-Baduwa-3-650x434काठमाडौं, ८ वैशाख । डिआइजीका रुपमा अवकाश पाएका चार प्रहरीले दुई वर्षको कानुनी लडाइँपछि एआइजीको दर्ज्यानी पाएका छन् ।

यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापाले मंगलबार एआजी दर्ज्यानी चिन्ह लगाएका छन् ।

मन्त्रिपरिषदको २०७१ साउन २९ को बैठकले रिक्त ७ पदमा २ विशेष पद बढाएर ९ डिर्आजीलाई एआइजी बनाउँदा यी चारै जना छुटेका थिए । नागरिक दैनिकले समाचार छापेका छन् ।

आफूभन्दा तल्लो वरीयतामा रहेकालाई बढुवा गरेको भन्दै चारै जनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनीहरुकै पक्षमा फैसला गरेपनि सरकारले बढुवा नगर्दा त्यत्तिकै पदावधि सकिएको थियो ।

गृहले चारै जनाले अवकाश पाएको दाबी गरेपनि सर्वोच्चको फैसलामा अन्य ९ जनाको जुन मितिमा बढुवा भएको हो, उनीहहरुलाई समेत सोही मितिदेखि लागू हुने गरी रिक्त भए सोही दरबन्दीमा, नभए विशेष दरबन्दी बनाएर बढुवा गर्न आदेश दिएकाले कानुनी रुपमै चारैजना अवकाशपछि पनि प्रहरी संगठनकै सदस्य थिए ।

अदालतको आदेश पालना नगर्दा मानहानि लाग्ने भएपछि मन्त्रिपरिषदको २०७२ चैत २६ मा चारै जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरुलाई महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआइजीको दर्ज्यानी चिन्ह लगाइदिए ।

दर्ज्यानी चिन्ह पाएसँगै प्रधान कार्यालयले चारैजनालाई गाडीलगायत सुविधान त उपलब्ध गरायो, कार्यभार सम्हाल्न भने पाएनन्। गृह ले उनीहरुलाई मन्त्रालयमा हाजिर गराउने तयारी गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...