Thursday, April 21, 2016

रगमञच

 

ishwarai gautam

 

 

 

 

 

 

 

 

जीवनको रंगमञ्चमा
अभिनय सबैले गर्नुपर्छ

त्यही अभिनयलाइ
हातेमालो गर्नुपर्छ ।
यहाँ कसैले पर्दा अगाडी
अभिनय गरिदिन्छन
कसैले पर्दा पछाडी
अदृश्य भै दबाइदिन्छन

जीवनलाई पूर्णता दिन
रंगमञ्चको स्टेज पुग्नुपर्छ
त्यहीबाट सुरु हुन्छ
अबिरल यात्राको
उज्यालो घाम

छातीमा काड। रोपर
आशुमा फुल फुलाउने साहस
त्यही रंगमञ्च बाटै सुरु हुन्छ

मनभित्र रितिएर एक्लै भए पनि
भरिभराउ भै छचलकिनु पर्छ
आफै भत्कियेर पनि
अरुलाई बनाउन सिक्नुपर्छ
कस्तो रंगमञ्च तिमी….
कस्तो रंगमञ्च तिमी…..

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...