Thursday, April 21, 2016

नय वरष आउ तम घर घर

sarbagya wagle 1
स्वागत छ तिमीलाई नया साल
दोसल्ला तिमीलाई
नया आसन, शिंहासन,मीठामीठा भाषन
आशै-आसमा विताउँदैछु सारा जीवन

धेरै काम भन्नु छु तिमीलाई
टुटेफूटेका वर्ष जोडाउनु छ तिमीलाई
वीचवाटामै पर्खाउनु छ तिमीलाई
प्रश्नै प्रश्न वर्षाउनु छ तिमीलाई

भूकम्प,नाकाबन्दी,वाडी,पहिरो
गहिरो छ दुख पोहोर साल !
गरिवि अन्याय अत्याचार
हाम्रो मनमा सवालै सवाल !!

जाग्नु छ नयाँ साल जगमगाई
लड्नु छ अव नडराई !
गरिवि अन्याय अत्याचार भगाई
भ्रष्टाचार दुराचार पापाचार लड़ाई
उठनु छ अव तिमी नेपाल एउटै वनाई !!

दौडनु छ नया वर्ष अव तिमी, गरिवको चुलोमा राशन वनेर
दु:खीको भुकटीमा आँसु पुछ्दै,अनकन्टारमा आशाका वाटा वनेर !
अँध्यरोमा जगमगाउनु छ तिमी आफ्नै कोशी काली अनि कर्णालीका वत्ति वनेर !
सबैको मनमा वस्नुनै छ तिमी ! सवै नेपाली एउटै हुँ भनेर , मेचीकाली तराई हिमाल र पहाड़ एउटै छाती वनेर !!

आँखामा सबैको होस् रमझमको रौंनक ओठमा मुस्कान छरी
नयावर्ष स्वागत छ तिमीलाई आउ यसै गरी घरी-घरी !!

नया वर्ष २०७३ को हार्दिक मंगलमय शुभकामना यसै गरि !!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...