पारिवारिक भेटघाट तथा आफ्नो निजी भ्रमण को सिल्सिलामा गत शुक्रबार अमेरिका आउनु भएका नेपाली काङ्रेसका महामन्त्री डा सशान्क कोइराला नेपाली जनसंपर्क समिती न्युयोर्क र भर्जिनिया च्याप्टरको कार्यक्रम पस्चात अमेरिका र क्यानाडा बोर्डरमा पर्ने नियाग्रा फल्सको अवलोकन पस्चात आज नेपाली जनसंपर्क समिती टेक्सास ( डालास फोर्ट ओर्थ तथा वेष्ट टेक्सास ) कोआयोजनामा अप्रिल २७ तारिक बुधवार संयुक्त रुपमा आयोजना हुने कार्यक्रममा भाग लिन आज टेक्सास आइपुग्नु भएको छ । डालास फोर्ट ओर्थ अन्तरराष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतको लागि नेपाली जनसंपर्क समिति डालस फोर्थ वोर्थका सभापति ज्ञानेन्द्र राज कार्की , वेस्ट टेक्सासका सभापति हरिबोल भण्डारी तथा पूर्व बिद्यार्थी तथा कांग्रेस नेत्री सिता भट्टराई कोइराला लगाएत ठुलो सन्ख्यामा नेपाली समुदायको उपस्थिती रहेको थियो ।
Wednesday, April 27, 2016
नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइराला अमेरिकाको टेक्सासमा ( भिडियो कुराकानी सहित )
युएस खबरका सम्पादक किशन रेग्मीसँग कुराकानी गर्दै यो मेरो निजी भ्रमण रहेको साथै यही मौकामा जनसंपर्क समिती तथा अन्य नेपाली समुदाय बिच पनि भेट्घाट तथा अन्तर्कृया हुने कुरा बताउनु भएको छ । अन्य नेपाली सिर्सस्त नेताहरु पनी अमेरिका एकै समयमा आउनु भएको छ नि ! भन्ने प्रश्नमा सम्योग मात्र रहेको बताउनु भएका छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment