गत अप्रिल २६ तारिखमा भएको अमेरिकन राष्ट्रपतिको प्राथमिक निर्वाचन महा मंगलबार (सुपर टुइजडे ) निर्वाचनमा डेमोक्रेटिक दल कि सशक्त उम्मेदवार हिलारी क्लिन्टनले ५ वटा राज्यहरुमा भएको निर्वाचनमा ४ वटा राज्यमा शानदार विजय हासिल गर्दै डेमोक्रेटिकका प्रतिद्वन्दी बर्नी स्याँडर्सलाई हराएकी छिन् l बर्नी स्याँडर्सलाई रोड आइल्याण्डमा ५५.० प्रतिसत मत ल्याई बिजयी भएका छन् l
उनले हिजो भएको कनेक्टिकट राज्यमा निर्वाचनमा ५१.७ प्रतिसत , डेलेवर मा ५९.८ प्रतिसत ,म्यारिल्याण्ड राज्यमा ६३.० प्रतिसत तथा पेंसेल्भानिया ५५. ६ प्रतिसत मत हासिल गरि शानदार बिजयी भएकी छिन् l
यसै गरि रि पब्लिकन का डोनाल्ड ट्रंपले ५ वटै राज्यहरु कनेक्टिकट ,म्यारिल्याण्ड ,डेलेवर ,पेनसेल्भानिया तथा रोड आइल्याण्डमा शानदार जित हासिल गरेका छन् l हिजो ४ राज्यको बिजयी संगै क्लिन्टनको पक्षमा २ हजार १ सय ६८ डेलिगेट .प्राप्त गरेकी छिन् भने बर्नी संग १ हजार ४ सय १ सय डेलिगेट छन् l
तस्बिर :रिउटर्स
No comments:
Post a Comment