अप्रिल १७, २०१६
कोलोराडो, अमेरीका
नयां बर्ष २०७३ को उपलक्ष्यमा कोलोराडो निवासी नेपालीहरुले “नेपाल डे परेड” आयोजना गरि एक आपसमा शुभकामना साटासाट गरेका छन् ।
हेल्पिङ हेण्डको आयोजनामा तथा शान्ति श्रेष्ठको संयोजनमा बोल्डर नगरमा सम्पन्न “नेपाल डे परेड” कार्यक्रममा विशेष अतिथीको रुपमा अमेरीकाकोलागी नेपालका राजदुत डा.अर्जुनकुमार कार्कीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्डर काउन्टिका काउन्टिकमिस्नर देव ग्राडनर, काग्रेसम्यान जरेड पोलीसका प्रतिनिधी, स्थानीय मेयर, परेडको अवलोकनगर्न क्यालीफोर्नियाबाट पशुपती फाउण्डेसनका अध्यक्ष भक्त थापाको नेतृत्वमा आएको टिम, लगाएतका गन्यमान्य, बुद्धी जिवी, कलाकार, पत्रकार, व्यवसाही तथा सर्बसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।
भौगोलीक हिसावले नेपाल संग मिल्दो जुल्दो सुन्दर बोल्डर नगरमा आयोजित परेड कार्यक्रममा नेपालीहरुले नेपाल र अमेरीकाको झण्डा, प्लेकार्ड ब्यानर बोकी , लगातार दुई दिन सम्म परेको हिउ र चिसोको समेत प्रवाह नगरी लाखेको तालमा नेपाली गीत गाउंदै हर्सोउल्लास तथा मनोरन्जनका साथ नगर परिक्रमा गरेका थिए ।
स्थानीय खुल्लामञ्चबाट सुरु भएको परेडमा सहभागी कतीपय नेपालीहरु दौरा सुरुवाल, ढाकाको टोपी, गुन्यू चोलो लगाएर आएका थिए भने, कोही आÏनो जातीय भेष भूषा संस्कृती झल्कने पहिरहन लगाएर आएका थिए । अमेरीकी भुमीमा नेपालीहरुले नेपालको झण्डा हल्लाउंदै हिड्दा गौरबले छाती फुलेको महसुस हुन्थ्यो ।
बालक बृद्ध सबै उमेर समुहका नेपालीको उपस्थिती रहेको उक्त कार्यक्रममा नेपाल र नेपाली संस्कृती प्रति माया र सद्भाव राख्ने अमेरीकी नागरीकहरुकोपनि सहभागीता रहेको थियो । बाटाका छेउछाउका दर्शकहरुले भने हेप्पी न्यु एयर, नमस्ते भन्दै ताली पिटेर स्वागत गरेका थिए । कार्यक्रममा सहभागी सबै उमेरका नेपालीहरुले आ– आÏनो दौतरी संग आÏनो रिती र परंपरा अनुसार शुभकामना साटासाट गरिरहेका थिए ।
नगर परिक्रमा पछि स्थानीय हेमालयन रेष्टुरेष्टमा आयोजित कार्यक्रममा बोल्दै महामहिम राजदुत कार्कीले यत्रो बिकसित मुलुकको नागरिक तथा स्थाई बासिन्दा भई सक्दा पनि मातृभुमी नेपाल प्रतिको यत्रो माया र स्नेह देख्दा कार्यक्रममा सहभागी सबैलाई शिर निहुराई नमन गर्न मनलागेको बताए । उनले यस्तो चिसो र हिउको समेत प्रवाह नगरी आज नेपालीले साच्चै बिर गोर्खालीको परचिय गराएको भन्दै सहभागी सबैलाई धन्यवाद दिएका थिए । त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै हेल्पिङ्ग हेण्डका अध्यक्ष नारायण श्रेष्ठले बोल्डर सहरमा नेपालीहरुको बसोबास बाक्लो हुदैगए पछि यहाका स्थानीयलाई नेपाली भाषा संस्कृती पहिचान गराउन “नेपाल डे परेड”को सुरुआत गरिएको र निकट भविश्यमा काठमाण्डौ बोल्डरको आठौं सिष्टर सिटी हुन लागेको जानाकारी गराए । त्यसैगरि “नेपाल डे परेड”को संयोजक शान्ति श्रेष्ठले कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन सफल पु¥याउने सबैलाई धन्यवाद दिएकी थिईन् ।
त्यसैगरी सोही समारोहमा कार्यक्रम सफल पार्न विभिन्न क्षेत्रबाट सकृय सहगोग पु¥याउनेहरुलाई राजदुत डा.अर्जुनकुमार कार्कीले सम्मान पत्र प्रदानगरि सम्मान गरेका थिए ।
कोलोराडो स्थित बोल्डर सिटी एण्ड काउन्टिको कार्यालयले सन् २००४ देखि हरेक बर्ष अप्रिल महिनाको तेश्रोसाता नेपालीहरुको नयांबर्षको उपलक्ष्यमा “नेपाल डे परेड” हुनेछ भन्ने औपचारिक घोषणा गरेपछि “नेपाल डे परेड ”कार्यक्रम आयोजना गर्न थालिएको हो । नेपालीहरुको दिवस भनेर अमेरीकी सरकारबाट स्विकृत भएको यो पहिलो र एक मात्र सुचीकृत कार्यक्रम हो ।
No comments:
Post a Comment