Wednesday, April 20, 2016

नजल जवन बम समबनधम छलफल करयकरम गरद

केही समयदेखि अमेरिका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायमा जीवन विमासम्बन्धमा अनलाइन तथा पत्रपत्रिकाहरुमा धेरै नेपाली भाषीहरु ठगिएको समाचारहरु आइरहेकाले यसबारे वासिंङटन डीसी वरपर रहेका नेपाली समुदायको सहभागिता रहनेगरी नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले एक छलफल कार्यक्रमको आयोजना गर्दैछ ।

यही आउँदो अप्रिल २३ तारिख शनिबार मनाससस्थित बुल रन पुस्तकालयमा हुन लागेको उक्त कार्यक्रममा जीवन बिमासम्बन्धी जानकार व्यक्तिहरु र जीवन विमा क्रेताहरुलगायत समुदायका सबैखाले व्यक्तिलाई सहभागीतका लागि संघले आह्वान गरेको जानकारी नेजाका क्षेत्रिय उपाध्यक्ष विश्व थापाले जानकारी गराउनुभएको छ । कार्यक्रममा बिमा बिक्रेताहरुलाईसमेत सहभागीताका लागि आह्वान गरिएको छ ।

शनिबार दिउँसो २ बजेबाट शुरु गरिने कार्यक्रममा सहभागीहरुले कृपया १:३० बजेसम्ममा पुस्तकालयमा आइदिन हुन समेत थापाले आह्वान गर्नुभएको छ ।

नेजा सन् २००७ मा स्थापित भएको अमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था हो । नेजाले आफ्नो पाँचौं अधिवेशन आउँदो मे महिनाको ७ र ८ तारिख क्यालिफोर्नियामा गर्दैछ

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...