Wednesday, April 20, 2016

मयजक भडयम रज गरद जनव

janwi bohara10

काठमाडौं/ रंगमञ्चबाट टेलिश्रृंखला, दुई दर्शन  म्युजिक भिडियो, केहि ब्यवसायीक बिज्ञापन, चलचित्रमा  अभिनय गरकी    जान्वी बोहरा म्युजिक भिडियोमा जम्दै आएकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियोहरुले एक पछि अर्को गर्दै दर्शकको मन जित्दै आएको छ । जान्वी एक दशक देखी अभिनय क्षेत्रमा सक्रिय रहेकी  छिन् । दर्शकको मन जित्दै आएकी जान्वीले अभिनय गरेको चित्त मेरो मनको गीतको भिडियो सार्वजनिक भएको छ ।

janwi bohara33

सार्वजनिक भएको थोरै समयमा गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । उनको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् ।   जान्वी बोहरालाई अभिनयमा साथ प्रेम र रितुले दिएका छन् । यस गीतमा स्वर  इरा न्यौपानेको रहेको छ  भने शब्द प्रेम न्यौपाने र संगीत प्रेमिराको  रहेको छ । राजेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माको छांयाकन रहेको छ । म्युजिक भिडियोको सम्पादन पाण्डेको नै रहेको छ । फलो फोकसले बजार ब्यवस्थापन गरेको छ ।

janwi bohara7janwi bohara6janwi bohara5janwi bohara3Janwi Bohara2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...