अमेरिकाको ह्यारिसन बर्ग भर्जिनियामा नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा Nepali Association of Central Virginia को आयोजनामा एक साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदान प्रदान र रात्रीभोजको आयोजना गरियो । संस्थाका अध्यक्ष अशोक कन्बरको स्वागत मन्तब्य राख्दै संस्थाले यस किसिमका कार्यक्रम गर्दै अाइरहेको र भबिस्यमा पनि गरिरहने कुरा बताउनुभयो । कार्यक्रमका सँयोजक दिपक जमरकट्टेलको कार्यक्रम बारे परिचय मन्तब्य पछि प्रमुख अतिथिको आशनबाट बोल्दै अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष रामप्रसाद खनालले “हामी जहाँ भए पनि, जहाँ रहेपनी नेपाली हौं । तसर्थ नेपाली भाषा, सँस्कृति, चाडवाड, रितिरिवाज भुल्नु हुँदैन” भन्नु भयो । ब्यबसायी एकराज जमरकट्टेल, हेमन्त शर्मा, जनार्दन पाण्डे, दिनेश शर्माले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रकाश सापकोटा र सुनिल देबकोटाको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी खनालले बिभिन्न गीतहरु गाएर उपस्थित दर्शक श्रोताहरुलाई मनोरन्जन प्रदान गर्नुभएको थियो । अर्पना सापकोटाको नाच पछि नेपाली गीतहरुमा सबैले नाचेर मनोरन्जन गरेको कार्यक्रम सँयोजक दिपक जमरकट्टेलले नेपाल मदर लाई बताउनु भयो ।
कार्यक्रमका केही तस्बीरहरु तल प्रस्तुत छन:
No comments:
Post a Comment