Wednesday, April 20, 2016

मसकम नय वरष क ससकतक सझ

SanskritikKaryakram.KomalOli

मास्को, १७ अप्रिल २०१६ (आइतवार) । बिक्रम सम्बत् २०७३ को पावन उपलक्ष्यमा रसियाली जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ को प्रेक्षालयमा शुभकामना तथा सांस्कृतिक साँझको आयोजना गरिएको थियो ।

KomalOli&KPS17042016

यस सालको नेपाली नयाँ वर्षको उपलक्ष्यमा रूसमा रहेका नेपाली समुदायको तर्पmबाट मास्कोमा विभिन्न सांस्कृतिक कार्यक्रहरूको आयोजना गरिएको छ । रसियाली जनमैत्री विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले नेपाली नयाँ वर्षको सन्दर्भमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए भने गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा प्रसिद्ध कला–समीक्षक मुकेश मल्ल तथा कलाकार नीरा जोशी–प्रधान, लीति जोशी तथा पूजेश वोशीसहित चारसदस्यीय नेपाली चित्रकारहरूलाई रूस यात्राका लागि निम्त्याएर रूसको सांस्कृतिक राजधानी सेन्ट–पितेरबुर्गस्थित नेपाली वाणिज्य दूतालयमा एकदिने तथा मास्कोस्थित नेपाली राजदूतावासमा चाहिं तीनदिने आधुनिक नेपाली चित्रकला प्रदर्शनीको आयोजना गरिएको थियो । अनि नेपाल खेलकूद तथा संस्कृति समाजको तत्वावधानमा चाहि नेपालबाट प्रसिद्ध कलाकारद्वय (ख्यातिप्राप्त गायिका कोमल ओली तथा लोकप्रिय गायक बद्री पंगेनी) लाई रूस यात्राका लागि निम्त्याएर भव्य सांस्कृतिक साँझमा नाचगानको आयोजना गरी मास्कोमा सम्पन्न भइरहेको नेपाली सास्कृतिक सप्ताहलाई उत्कर्षमा पु¥याइएको थियो ।

Janamaitri.smarika2073

रंगीविरंगी बेलुन–मालाले सिंगारिएको ‘इन्टरक्लब’ को मञ्चको पृष्ठभूमिमा नेपाली कलाकारद्वयको छविचित्रसहित सांस्कृतिक साँझका प्रायोजक नेपालीहरूका संघसंस्थाका लोगोअंकित रंगीन पोष्टर टाँगिएको थियो । पूmलदानीहरूद्वारा सजाइएको टेबुलपछिल्तिर लहरै प्रमुख अतिथि रूसका लागि नेपाली राजदूट डा. रविमोहन सापकोटा कोपिला, जनमैत्री विश्वविद्यालयका भाइस–प्रोरेक्टर अलेक्सान्द्र एर्माकोभ, गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछाने, वर्तमान केन्द्रीय महासचिव डा. बद्री के.सी., केन्द्रीय महिला संयोजक सपिला राजभण्डारी, रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष दीनानाथ राजभण्डारी, नेपाली छात्रसंघ (रसियाली जनमैत्रीविश्वविद्यालय) का अध्यक्ष मिलन कटेलले आसन ग्रहण गर्नुभएपछि नेपाल तथा रूसको राष्ट्रगानको गुञ्जनद्वारा नेपाली सांस्कृतिक कार्यक्रमको शुभारम्भ भयो ।

SanskritikKaryakram2073a

गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका महासचिव डा. मनमूर्ति भुर्तेलले शुभकामना कवितापाठ गर्दै नयाँ वर्ष २०७३ प्रति समर्पित समारोहको संचालन गर्न थालेपछि सर्वप्रथम रूस राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष रामेश्वर गौतमले कार्यक्रममा उपस्थित नेपालीहरू र रूसी मित्रहरूको हार्दिक स्वागत गर्नुभयो । रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले बितेको वर्षको छोटो सिंहावलोकन गर्दै नयाँ वर्ष २०७३ को उपलक्ष्यमा हार्दिक मंंगलमय शुभकामना व्यक्त गर्नुभयो ।
केन्द्रीय महासचिव डा. बद्री के.सी.ले एक वर्षअघिको महाभूकम्पबाट पीडितहरूको लागि राहत कार्यमा गैरआवासीय नेपाली संघले पु¥याएको सहयोगको चर्चा गनुहुँदै हालै नेपालमा आगलागीको प्रकोपबाट घरबारविहीन भएकाहरूलाई पनि रूसबाट सहयोग प्रदान गरिने विश्वास व्यक्त गर्नुभयो भने यसै समारोहमा भाग लिन मास्को आइपुग्नुभएका गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष जीवा लामिछानेले आफ्नो तर्पmबाट र यस संस्थाका संस्थापक–अध्यक्ष डा. उपेन्द्र महतोको तर्पmबाट समेत समारोहका सहभागीहरूप्रति नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

SanskritikKaryakram2073PFUR
केन्द्रीय महिला संयोजक सपिला राजभण्डारीले बितेको वर्ष नकारात्मक घटनाहरू मात्र घटेको नभई देशले नयाँ संविधान प्राप्त गर्नुका साथै देशको राष्ट्रपति, संसदको सभामुख र प्रधान न्यायाधीशको जस्तो गरीमामय पदभार महिलाले सम्हाल्ने अवसर पाएको जस्ता सकारात्मक कुराहरूतर्पm पनि अंगूलीनिर्देश गर्नुभयो ।
रसियाली जनमैत्री विश्वविद्यालयका भाइस–प्रोरेक्टर (उपशिक्षाध्यक्ष) अलेक्सान्द्र एर्माकोभले विश्वका १४९ देशबाट आएका विद्यार्थीहरूले अध्ययन गरिरहेको यस शिक्षण संस्थानलाई ‘मिनि–यूएनओ’ (सानो संयुक्त राष्ट्र) को संज्ञा दिंँदै यस विश्वविद्यालयको अस्तित्वको ५६ वर्षमा नेपालकै लागि पनि ५०० भन्दा बडी दक्ष विशेषज्ञहरू तैयार पारिएको र हाल पनि ५३ जना नेपाली युवायुवतीहरूले विभिन्न विषयमा अध्ययन गरिरहेको सूचित गर्दै रूसमा १ जनवरीका दिन मनाइने नयाँ वर्षभन्दा ५७ वर्ष जेठो नेपाली नयाँ वर्षको सन्दर्भमा नेपालीहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।
रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्यले नयाँ वर्षको कार्यक्रममा रूसका विभिन्न सहरमा रहेका विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूमध्ये परीक्षामा सबै विषयमा सर्वोतम अंक प्राप्त गर्नेहरूलाई मधुरिमा महतो ट्रष्टको तर्पmबाट वर्षेनी एकमुष्ठ छात्रवृत्ति प्रदान गरिने परिप्रेक्ष्यमा यस साल २२ जनाको नाम आएकोतर्पm औंल्याउँदै अध्ययनमा सर्वोत्कृष्ट हुने नेपाली विद्यार्थीहरूको संख्या हरेक वर्ष यसरी नै बढ्दै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालयका अध्यक्ष मिलन कटेललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए । गैरआवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष उत्सवकुमार अमात्य तथा वर्तमान अध्यक्ष दीनानाथ राजभण्डारीले पनि नयाँ वर्षको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै सांस्कृतिक संध्याको सफलताको कामना गर्नुभएको थियो ।
रूस आप्रवासी संघका उपाध्यक्ष भट्टराईले रूसम बसोवास गरिरहेका विदेशी नागरिकहरूको यस संस्थाको क्रियाकलापबारे छोटकरीमा प्रकाश पार्दै नववर्षको शुभकामना दिनुभयो भने रूस–नेपाल मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेलले जनमैत्री विश्वविद्यालयमा आफ्नो अध्ययनका वर्षहरूको स्मरण गर्दै रूसी गुरुहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
नव वर्षको शुभकामनाका दुई शब्द राख्ने सम्भावना पाउँदा आपूm मास्को राजकीय विश्वविद्यालयको छात्र छँदा अस्तित्वमा आएको जनमैत्री विश्वविद्यालयको स्थापनाकालदेखि नै हरेक समारोहमा भाग लिने गरेको र यहाँबाट विशेषज्ञ बनेका सबै नेपालीहरूसंग व्यक्गित रूपमै परिचित रहेको सन्दर्भमा मेरो मगजमा थुप्रै कुराहरू सल्बलाइरहेको भए पनि समयको अभावले गर्दा यस वर्ष मनाइने नेपाल–रूस दौत्य सम्बन्धको ६० वर्षको उत्सव मनाउने क्रममा मसंग पाण्डुलिपिको रूपमा अद्यापि अप्रकाशित नै रहेको ‘रूसी–नेपाली शब्दकोष’ हार्ड–डिस्कमा जडान गरी सर्वसुलभ गराउन कम्प्युटरका ज्ञाता तन्नेरी विद्यार्थीहरूसमक्ष सुझाव राखेको थिएँ ।
नेपाल खेलकूद तथा संस्कृति समाजका अध्यक्ष खेमराज लामिछानेले मास्कोमा नेपाली नयाँ वर्षको सन्दर्भमा आयोजित सांस्कृतिक कार्यक्रममा भाग लिन नेपालबाट आउनुभएका ख्यातिप्राप्त गायिका कोमल ओली तथा लोकप्रिय
गायक बद्री पंगेनीको हार्दिक स्वागत गर्नुभयो ।
तत्पश्चात् रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलालगाथत अध्यक्षमण्डलका महानुभावहरूबाट रसियाली जनमैत्री विह्वविद्यालयमा ५३ वर्षदेखि क्रियाशील रहेको नेपाली छात्रसंघले प्रकाशित गर्दै आएको वार्षिक क्mारिका ‘जनमैत्री द्दण्ठघ’ को लोकार्पण गरिनुका साथ्ै यस वर्षका सर्वोत्कृष्ट नेपाली छात्रछात्राहरूलाई फुलकुमारी महतो ट्रस्टको तर्पmबाट दिइने छात्रवृत्ति र प्रशंसापत्र क्रमशः प्रदान गर्ने प्रक्रिया थालिएको थियो ।
यसरी नेपाली नयाँ वर्षको सन्दर्भमा आयोजित समारोहको औपचारिक खण्डको समाप्तिपश्चात् यसै विश्वविद्यालयका छाज्ञ तथा छात्राद्वारा उद्घोषक र उद्घोषिकाको भूमिका वहन गरी सांस्कृतिक कार्यक्रमको संचालन हुन थाल्यो । लोकप्रिय गायक बद्री पंगेनीले विभिन्न भाव र शैलीका नेपाली गीतहरू गाउँदै दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुभयो भने ख्यातिप्राप्त गाथिका कोमल ओलीबाट सांस्कृतिक साझमा उपस्थित सबैलाई मोहित पार्दै सर्वप्रथम देशप्रेमको भावना झल्कने किसिमको राष्ट्रिय गीत प्रस्तुत गर्नुभयो । दर्शकहरूले करतलध्वनिले गीतप्रस्तुतिको स्वागत गर्न थाल्दा मैले चाहिं मञ्चमा उक्लेर निक्खर सेता हिमसुमनको गुच्छा नेपाली गायिका कोमल ओलीलाई सुम्पँदै किरातजातिले चाँप (चम्पक) फुल्न थालेपछि नयाँ वर्ष मनाउने गरेभैंm रूसवासी नेपालीहरूले पनि हिउँ पग्लने वेलामा हिउँमुन्तिरबाट टुसाउँदै फुल्ने हुनाले रूसी भाषामा ‘पोदस्नेझनिक’ भनिने यस्तो कोमल पूmल फुल्न थाल्दा नेपाली नयाँ वर्ष मनाउँछन् भन्ने अभिव्यक्तिका साथै मास्का ेअञ्चलबाट नेपाली कार्यक्रम हेर्न आएकी कवयित्री ताच्याना चेले नेपाली गायिकालाई प्रदान गर्न भनी ल्याएको हिमसुमनको गुच्छा सधन्यवाद सुम्पिदिने अवसर पाएँ ।
जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ नेपालबाट आउनुभएका गायक–गायिकाको रोचक गायन–प्रस्तुतिका अतिरिक्त नेपाली छात्रछात्राहरूबाट पनि गीत र नृत्य प्रस्तुत गरिएको थियो । यसरी हिउँदभरि नाङ्गिएका रुखहरूमा पिपिरा लाग्न थालेको रमणीय वसन्तकालीन मास्कोमा निकै वेरसम्म सांस्कृतिक साँझको रमझम जारी रहेको थियो…
दिनांक ः १८ अप्रिल २०१६,
मास्काृ,रूस महासंघ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...