Wednesday, April 20, 2016

गजल !!

ram chandra sharma

 

टुक्कै टुक्का भाषण गर्छौ मिठास खै कहाँ छ र
पेपर्स पनामा छाडेर विकास खै कहाँ छ र

देश सर्बोपरी हुन्थ्यो नेता सबको परी भयौ
भत्कियेन चुलो तिम्रो बिनास खै कहाँ छ र

जस्ताको काम ‘नि छानै छाउने त हो आखिर
छोपिदिन्छ नया शक्ति बिबाद खै कहाँ छ र

बिस्फोट जन संख्याको मात्रै भाको त हो नि लौ
आफ्नो निर्यात शुन्यै छ अत्यास खै कहाँ छ र

यसै देश दुइ ढुंगा को बीचको तरुल हो
सर्लक्क कसरी खन्नु पत्यार खै कहाँ छ र

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...