Wednesday, April 20, 2016

कयलफ़रनयक नपल लयनस कलबहरक सयकत सशभन करयकरम भवयतक सथ समपनन

award

एक दशक अगाडी क्यालिफोर्नियामा नेपाली समुदायमा स्थापना भएको नेपाली लायन्स क्लब बर्क्ली अन्नपुर्णको अग्रसरतामा गत अप्रिल १२,तारिख ऐतिहासिक संयुक्त सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

यस क्षेत्रमा रहेको तिनैवटा नेपाली लायन्स कल्बहरु. बर्क्ली अन्नपुर्ण, बर्क्ली मकालु र फ्रिमोंट सगरमाथाको संयुक्त आयोजनामा सम्पन्न उक्त सुशोभन कार्यक्रम अल्बानी स्थिति नेपाली चमेना गृह “एवेरेस्ट किचन मा भब्यताको साथ् सम्पन्न भएको छ।

उक्त कार्यक्रममा लायन्स डिस्ट्रिक ४ सी ३ का करिब १४ वटा कलबका प्रतिनिधिहरु लगायत डिस्ट्रिक ४ सी ३ का उल्लेख्य पधाधिकारीहरु , गबर्नर ,भूतपूर्व गबर्नरहरु लगायत भूतपूर्व अन्तरास्ट्रिय डाइरेक्टर , जी एम टीको अर्डिनेटर र तिनै वटा क्लबका गाइडिंग लायन लगायत नेपाली संघ संस्थाको प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

groups

बर्क्ली अन्नपुर्णका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि भूतपूर्व अन्तरास्ट्रिय डाइरेक्टर डा बिल आनाकोनिले तिनै बटा क्लबका नया सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा उपस्थिति बर्तमान गवर्नर लियो मासियास लगायत प्रथम, दितिय भाइस डिस्ट्रिक गभर्नर यान भोल्टयार र राजेन थापाले पिन र खादा लगाएर नया सदस्यहरुको स्वागत गरेका थिए।

साथै अन्य डिस्ट्रिक का पदाधिकारी लगायत भूतपूर्व गभर्नरहरुको समेत बाक्लो उपस्थिति रहेकोले कार्यक्रम निक्कै रोचक र ऐतिहासिक बनेको क्लबका भूतपूर्व अध्यक्ष चिनकाजी श्रेष्ठले क्लबका बर्तमान अध्यक्षलाई बधाई दिदै जनाएका थिए।

क्लबका उपस्थित भूतपूर्व अध्यक्षहरु लगायत निबर्तमान अध्यक्ष हेमा पनेरु, क्लबका अन्य पदाधिकारीहरुले नया सदस्यहरुलाई खादा लागाएर स्वागत गरेका थिए। बर्क्ली अन्नपुर्णका भूतपूर्व अध्यक्ष र हालका जोन चियर लायन तिलक सुनार र मकालु क्लबका तेश्रो उपाध्यक्ष रेशमी अर्यालले संचालन गरेको यस कार्यक्रममा भूतपूर्व अध्यक्ष मणि नेपाली र रामचन्द्र ढकालले इन्वोकेसन र प्लेज गराएका थिए भने अन्नपुर्ण का प्रथम उपाध्यक्ष मनिल बाबु श्रेष्ठले स्वागत मन्तब्य दिएका थिए। आयोजक तिनै वटा क्लबका अध्यक्षहरु बर्क्ली अन्नपूर्णका ध्रुव थापा, बर्क्ली मकालुकि मनोहरा बोगोटी र फ्रिमंट सगरमाथाका शंकर कार्कीले नया सदस्यहरुलाई स्वागत गर्दै आफ्नो मन्तब्य समेत राखेका थिए।

three prez

त्यसै गरि अन्य बक्ताहरुमा डिस्ट्रिक गभर्नर लियो मासियास, भूतपूर्व गभर्नरहरु लिंडा ग्रीफिन, डेनी ग्रोतारियन , विक टोरियल लगायात प्रथम र दितिय भाइस गभर्नर यान र राजेन थापा, अर्को डिस्ट्रिक का अतिथि भाइस गभर्नर चिराग कुमार पटेल “केभिन” , नेपाली समुदायको तर्फ बाट न्यान्सका अध्यक्ष तेज राई लगायत अन्य थुप्रै बक्ताहरुले नेपाली नया बर्ष को समेत सुभकामना मन्तब्य राखेका थिए।

रात्री भोजको समेत आयोजना गरिएको उक्त कार्यक्रममा करिब दुई दर्जन नया सदस्यहरुले आ-आफ्नो क्लबको लागि सदस्यता लिएको जानकरी कार्यक्रम संयोजक तिलक सुनारले दिएका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...