Wednesday, April 20, 2016

सथ

unnamed
सानो छँदा संगै खेलेको साथी तिमी
ताजै छ सम्झना यो मनमा अझै पनि
जहाँ रहे पनि म जहाँ भए पनि
हामी सधैं हुनेछौं एक असल साथी
हामी भयौं एक-अर्काको आत्मीय साथी
हाम्रो मित्रतालाई पूजा गर्छु म
सम्मान गर्छु म |
तिम्रो प्रगतिमा रमाउछु म,
तिम्रो खुशीमा खुशी हुन्छु म
मेरो मनले मानेको
आत्मीय साथी हौ तिमी
मेरो बिचारले स्वीकारेको
प्रिय साथी हौ तिमी
यो कस्तो सम्बन्ध हो जो भूल्नै नसकिने,
सम्झनामा आइरहने, आँखाभरी छाइ रहने |
शरीर जति टाढा भए पनि,
सम्झनामा साथै घरिघरि
रहिरहोस् यो सम्बन्ध
नाता हाम्रो सधैंभरि |

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...